वीरगंज । नेपाली कांग्रेस पर्साका निवर्तमान सचिव श्याम पटेलले प्रदेश सभा सदस्यमा उम्मेदवारी दिने बताएका छन् । विद्यार्थी जीवनबाटै राजनीतिक यात्राको आरम्भ गरेका पटेलले पर्साको निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट प्रदेश सभा सदस्यमा उम्मेदवारी दिने बताएका हुन् ।
कुनै पनि लाभ हुने किसिमका पदमा नरहँदा पनि पार्टीभित्रको सक्रियताका कारण आफु उक्त क्षेत्रबाट नेपाली कांग्रेसको सक्षम उम्मेदवार भएको पटेलको दावी छ । यात्रा डेलीसँगको संवादमा उनले जनताको आधारभुत आवश्यक्ताहरुलाई परिपुर्ती गर्न सक्ने र जनताको माग बमोजिम गाउँ समाजको विकास गर्ने खुबी आफुमा रहेको जिकिर गरे ।
उनी भन्छन्, “अहिले जो जति लाभ हुने पदमा रहीरहनुभएको छ, उहाँहरुबाट खासै सन्तोषजनक काम केही पनि देखिएन । उहाँहरुभन्दा म राम्रो गर्न सक्छु भन्नेमा म बिश्वस्त छु । पटेल नेपाली कांग्रेस पर्साका निवर्तमान सचिव हुन् भने जिल्ला सभापतिका प्रत्यासी पनि हुन् । ४ सय ३५ मतले पटेल जनार्दन सिंह क्षेत्रीसँग पराजित भएका थिए । क्षेत्रीले १ हजार १ सय १० मत पाउँदा पटेलले ६ सय ४५ मत प्राप्त गरेका थिए ।