वीरगंज । स्थानीयलाई टोलटोलमै पुगे स्वास्थ्य परीक्षण गराउने घुम्ती शिविरले निरन्तरता पाएको छ । ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरले स्व.सुशील खेतान (टिपु खेतान) को स्मृतिमा विभिन्न संघ संस्थाका सहकार्यमा घुम्ती शिविर सञ्चालन गरीरहेको छ । प्रभु हस्पिटल वीरगञ्ज, वीरगञ्ज सामुदायिक आँखा अस्पताल र रुंगटा वैलफेयर सोसाइटीको सयुँक्त सहकार्यमा शिविर सञ्चालन गरिएको ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानले जानकारी दिए ।
वीरगञ्जका विभिन्न टोलहरुमा गएर स्थानीयको स्वास्थ्य चेकजाँच गरिएको हो । खेतानकै अध्यक्षतामा भएको घुम्ती शिविरमा २ सय ९० जनाको स्वास्थ्य चेकजाँच गरिएको छ । ५० जना महिलासहित २ सय ९० जनाको स्वास्थ्य चेकजाँच गरिएको हो । नियमित रुपमा ज्याला मजदुरी गर्ने रिक्सा तथा ठेला चालकदेखि स्थानीयहरुको स्वास्थ्य परीक्षण गरिएको दिलिपराज कार्कीले जानकारी दिए । शिविरमा वीरगञ्ज सामुदायिक आँखा अस्पतालका नेत्र चिकित्सकले आँखा र प्रभु अस्पतालका चिकित्सकको टोलीले स्वास्थ्य परीक्षण गरेको वीरगञ्ज सामुदायिक आँखा अस्पतालका मेडिकल संयोजक महेश सिंह धामीले जानकारी दिए ।
शिविरमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षकद्वय दीपक गिरी, निर्मल बुढाथोकी, वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक बिशाल मल्ल, नेपाल राष्ट्र बैंकका राजनदेव भट्टराई, सुरेश रुंगटा लगायतको उपस्थिती रहेको केन्द्रका सचिव मुरली जलानले जानकारी दिए ।