• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    एक महिनामा ९ र्‍याक युरिया वीरगन्ज आयो

  • वीरगंज संजाल
  • १५ भाद्र २०७९, बुधबार ११:१७
  • २२२५

    वीरगंज । एक महिनाभित्र कृषि सामग्री कम्पनीका नौ र्‍याक युरिया मल वीरगन्ज आइपुगेका छन् । ग्लोबल टेन्डरबाट मल आपूर्तिको ठेक्का पाएको स्विस सिंगापुर कम्पनीले साउन १३ देखि भारतको कोलकाता बन्दरगाहबाट वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाहमा मल ल्याउन सुरु गरेको कम्पनीको मधेस प्रादेशिक कार्यालय वीरगन्जका सूचना अधिकृत आलोक कुमारले जनाए । ‘साउन १३ मा पहिलो र्‍याक आएको थियो । भदौ १२ मा नवौं र्‍याक आएको हो,’ उनले भने, ‘कुल ३० हजार टन युरिया मल आपूर्तिको ठेक्का पाएको स्विस सिंगापुरले कम्पनीको वीरगन्ज प्रादेशिक कार्यालय र भैरहवा प्रादेशिक कार्यालयका लागि सिर्सिया सुक्खा बन्दरगाहमा २२ हजार ५ सय टन मल ल्याएको छ ।’

    कुल ३० हजार टन युरिया मलमध्ये १० प्रतिशत अर्थात् ३ हजार टन मल बफर स्टक (सरकारी कार्यालय तथा आयोजनाहरूका लागि छुट्याउने) मा राखिएको छ । त्यसपछि बाँकी मलमध्ये १२ हजार टन वीरगन्ज, १० हजार ५ सय टन भैरहवा र ४ हजार ५ हजार टन विराटनगर प्रादेशिक कार्यालयले पाएका छन् । भैरहवाको मल वीरगन्जबाट ट्रकमा ढुवानी गरी लगिएको छ । विराटनगरको मल कोलकाताबाट ट्रकमा ढुवानी गरी पूर्वी नाकाबाट विराटनगर ल्याइएको छ । कम्पनीको मधेस प्रादेशिक कार्यालय वीरगन्जमा प्राप्त युरियामध्ये सोमबारसम्ममा ७ हजार ४ सय ५५ टन कार्यालय मातहतका जिल्ला कार्यालयमा परिचालन भइसकेको छ । वाग्मती, गण्डकी र मधेस प्रदेशका १६ कार्यालयमा सम्बन्धित जिल्लाबाट आएको माग र तिनलाई छुट्याइएको कोटाका आधारमा मल परिचालन गरिएको कुमारले जनाए ।

    यस अवधिमा वाग्मतीको चितवनमा सबैभन्दा बढी ५ सय ५५, गण्डकीको कास्की र लमजुङमा १ सय ४७/१ सय ४७ र मधेसको धनुषामा १ हजार २ सय ३० टन मल युरिया मल परिचालन गरिएको उनले बताए । कम्पनीको डीएपी मल पनि आउन लागेको छ । डीएपी मल आपूर्तिको ठेक्का पनि ग्लोबल टेन्डरबाट स्विस सिंगापुर कम्पनीले नै पाएको कुमारले जनाए । वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाहमा कम्पनीले ल्याउन लागेको पहिलो रेलवे र्‍याक डीएपी मल भारतको रेलमार्गमा रहेको र बुधबारसम्म वीरगन्ज आइपुग्ने सम्भावना रहेको कुमारको भनाइ छ । ग्लोबल टेन्डरबाट दुई वटा ठेक्काबाट कम्पनीको ४० हजार टन डीएपी मल आपूर्तिको ठेक्का पाएको स्विस सिंगापुर कम्पनीले पहिलो ठेक्काको २० हजार टन डीएपी मल कोलकाता बन्दरगाह हुँदै नेपाल ल्याउन लागेको हो । स्विस सिंगापुरले इजिप्टबाट उक्त मल ल्याएको हो । नेपाल आउने डीएपी मल कुन नाकामा केकति आउने र कम्पनीको कुन प्रादेशिक कार्यालयले केकति पाउने भनी मंगलबार साँझसम्म कम्पनीको केन्द्रीय कार्यालयबाट जानकारी आउने उनले बताए । साभाल : कान्तिपुर

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ३४ वर्षीया महिला र १९ वर्षीया किशोरी बलात्कृत
  • पर्सामा २६३ वटा मोटरसाइकल हराउँदा १३ वटा मात्र फेला
  • नारायणी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरकाे रंगशालाका रुपमा विकास गर्ने मधेस सरकारकाे घाेषणा
  • भारतबाट ब्राउन सुगर लिएर आउँदै गरेका ९ जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ३४ वर्षीया महिला र १९ वर्षीया किशोरी बलात्कृत

    पर्सामा २६३ वटा मोटरसाइकल हराउँदा १३ वटा मात्र फेला

    नारायणी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरकाे रंगशालाका रुपमा विकास गर्ने मधेस सरकारकाे घाेषणा

    भारतबाट ब्राउन सुगर लिएर आउँदै गरेका ९ जना पक्राउ

    गण्डक नहरको तिलावे खोलामा बेलिब्रिज निर्माण गरिँदै

    पार्टी पदाधिकारीलाई शेखरको प्रश्न– के कारण महाधिवेशन समयमै हुँदैन ?

    भारतबाट फर्किएका पाँच नेपालीमा कोरोना पुष्टि

    साइकल यात्राको महत्त्व बढ्दै गएको छ : मन्त्री यादव

    काठमाडौँ महानगरमा सबैभन्दा बढी भवन खाली गराइपाउँ भन्ने विवाद

    रोजगारी प्रतिवेदन सकारात्मक आएपछि अमेरिकी सेयर बजार उकालो

    ३४ वर्षीया महिला र १९ वर्षीया किशोरी बलात्कृत

    पर्सामा २६३ वटा मोटरसाइकल हराउँदा १३ वटा मात्र फेला

    नारायणी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरकाे रंगशालाका रुपमा विकास गर्ने मधेस सरकारकाे घाेषणा

    भारतबाट ब्राउन सुगर लिएर आउँदै गरेका ९ जना पक्राउ

    गण्डक नहरको तिलावे खोलामा बेलिब्रिज निर्माण गरिँदै

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ३४ वर्षीया महिला र १९ वर्षीया किशोरी बलात्कृत

    News

    पर्सामा २६३ वटा मोटरसाइकल हराउँदा १३ वटा मात्र फेला

    News

    नारायणी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरकाे रंगशालाका रुपमा विकास गर्ने मधेस सरकारकाे घाेषणा

    News

    भारतबाट ब्राउन सुगर लिएर आउँदै गरेका ९ जना पक्राउ

    News

    गण्डक नहरको तिलावे खोलामा बेलिब्रिज निर्माण गरिँदै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑