वीरगंंज । पर्साकाे धाबिनी गाउँपालिका वडा नं. १ भिखमपुर, पिपरामा रहेकाे एक माध्यमिक विद्यालयमा जाेडविजाेड अनुसार अध्ययन अध्यापन हुने गरेकाे समाचार प्राप्त भएकाे छ । श्री नेपाल राष्ट्रिय माध्यमिक विद्याल भिखमपुर, पिपरामा एक दिन जाेड र एक दिन विजाेड राेल नम्बर भएका विद्यार्थीहरुकाे लागि कक्षा संचालन हुने गरेकाे छ ।
शिक्षक अभावमा लामाे समयदेखि एक दिन विद्यार्थी पढन पाउने र एक दिन घर मै बस्न गरेपनि सम्बन्धित निकायकाे ध्यान पुग्न सकेकाे छैन । स्थानियका अनुसार एक बर्ष भन्दा बढी देखि नै कक्षा ७ देखि १० सम्मका विद्यार्थीहरु एक दिन विद्यालयमा गएर पढन पाउने र एक दिन घर मै बस्ने पर्ने बाध्यता रहेकाे छ । एउटा कक्षामा दुई सय जति विद्यार्थी भएका कारण एउटा कक्षामा अटाउन नसक्ने र अर्काे सेक्सन संचालन गर्न शिक्षक अभावका कारण जाेडविजाेड गरेर कक्षा संचालन गर्ने गरिएकाे छ । त्यस कारण विद्यार्थीहरुले विदाकाे दिन वाहेक प्रत्येक दिन पढन पाउनु पर्ने अधिकारबाट बंचित हुँदै आएका छन् ।
शिक्षक अभावका कारण जाेड विजाेड माध्यमले कक्षा संचालन गरिएकाे विद्यालयका प्रधानाध्यापक विनय प्रसाद कुर्मीले वताए । उनका अनुसार एक हजार ६ सय बिद्यार्थी रहेको बिद्यालयमा ८ जन मात्र शिक्षक रहेका छन् । गाउँपालिकाकाे शिक्षा क्षेत्रमा बजेट छुट्याएका कारण विद्यालयकाे समस्या समाधान नभएकाे वडाध्यक्ष बन्धु साह तेलीले वताए । उनले जाेडविजाेडले कक्षा संचालन गर्नु गलत भएकाे वताउँदै तुरुन्त त्यसलाई आफुले खारेज गर्न तर्फ लागेकाे वताए । गाउँपालिका संग प्राप्त स्राेत साधन हुँदा पनि शिक्षक अभावका कारण विद्यार्थीहरुले पढन पाउनु पर्ने अधिकारीबाट बन्चित हुनु कार्य लजास्पद रहेकाे छ । यस तर्फ सम्बन्धित निकायकाे ध्यान जान जरुरी देखिन्छ ।