काठमाडौँ | बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद नेपाल आइपुगेका छन् । चार दिवसीय भ्रमणका लागि उनी केहीबेरअघि त्रिभुवन विमानस्थलमा ओर्लेका हुन् । परराष्ट्रले जारी गरेको भ्रमण तालिका अनुसार हमिद आरामका लागि म्यारिएट होटलमा जानेछन् ।
उनले आजै भक्तपुर क्षेत्रको भ्रमणमा जाने कार्यक्रम छ भने भोलि राष्ट्रपति, प्रधानमन्त्री लगायतसँग भेटवार्ता गर्नेछन् ।भोलि नै उनको सम्मानमा राष्ट्रपतिले रात्रिभोजको आयोजना गर्ने कार्यक्रम छ ।उनी बिहीबार ११ः३० बजे सेनाको हेलिकोप्टरबाट पोखरा जानेछन् र त्यहाँ फेवाताल पनि जाने कार्यक्रम छ। बिहीबार काठमाडौँ फर्कने उनी शुक्रबार अपरान्ह ४ बजे स्वदेश फर्किने कार्यक्रम रहेको छ ।