• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सिरहाका वन कर्मचारीकै मिलेमतोमा काठ तस्करी

  • वीरगंज संजाल
  • १० भाद्र २०७९, शुक्रबार ११:३०
  • २७१७

    सिरहा । वन कर्मचारीकै मिलेमतोमा जंगल क्षेत्रबाट सिरहामा काठ तस्करी भइरहेको खुलेको छ । काठ मिल सञ्चालकसँग वन कर्मचारीको मिलेमतोमा रातारात बहुमूल्य खयर, सखुवा, सिसौलगायतका काठ तस्करी भइरहेको पाइएको हो । मिर्चैया नगरपालिका–९ कमलदहस्थित घुर्मी डाँडा सामुदायिक वन क्षेत्रमा गत बिहीबार राति ६६ थान खयरका रूख काटेर तस्करी भयो । यसबारे भोलिपल्ट बिहान स्थानीय हेमकुमार यादव, रामविलक्षण यादवले मिर्चैया र चोहर्वास्थित सवडिभिजन वन कार्यालयलाई खबर गरे । तर, दुवै कार्यालयले यसको वास्ता गरेनन् । सुनुवाइ नभएपछि वडाध्यक्ष दिनेश मण्डलसहित स्थानीयले लहानस्थित डिभिजन वन कार्यालयलाई खबर गरेर काठको खोजी गर्न थाले ।

    गाउँले, लहानबाट आएका वन कर्मचारी, सशस्त्र प्रहरीसहितको टोलीले खोजी गर्दा चोहर्वास्थित सबडिभिजन वन कार्यालयदेखि डेढ किलोमिटर पश्चिममा गोलबजार नगरपालिका–९ घुर्मी खोला पुलछेउमा रहेको लक्ष्मीनारायण सःमिलबाट आलोकाँचो ६६ थान खयरका रूखबाट बिक्रीका लागि तयार गरिएको टुना बरामद गर्‍यो । सबडिभिजन कार्यालय चोहर्वा र सबडिभिजन कार्यालय मिर्चैयाका कर्मचारीले बेवास्ता गर्नु र कार्यालयनजिकै काठ बरामद हुनुले तस्करीमा वन कर्मचारीकै मिलेमतो रहेको स्थानीयको दाबी छ । ‘खयरको रूख काटिएको खबर चोहर्वा र मिर्चैया सवडिभिजनका कर्मचारीले बेवास्ता गर्नुको कारण सःमिलमा काठ बरामद भएपछि खुल्यो,’ खबर गर्ने स्थानीयद्वय हेमकुमार र रामविलक्षणले भने, ‘ती कार्यालयबाट डेढ किलोमिटरभित्रै काठ बरामद हुनुले कर्मचारीकै सेटिङमा चोरीनिकासी भएको स्पष्ट हुन्छ ।’

    ६ वर्षदेखि उपभोक्ता समितिविहीन रहेको सामुदायिक वन क्षेत्रबाट अरु पनि बहुमूल्य काठ चोरी तस्करी भएको हुन सक्ने भन्दै स्थानीयले सःमिलमा खोजतलास गर्न माग गरेका छन् । ठूलो परिमाणमा काठ बरामद भएपछि डिभिजन वन कार्यालयले सहायक वन अधिकृत सत्यनारायण यादवलाई अनुसन्धान अधिकारी तोकेर छानबिन थालेको छ । मिलमा खोजतलास गर्ने क्रममा अहिलेसम्म ६६ थान खयरका तयारी टुनाबाहेक थप ९ सय ५५ थान खयरकै काँचो काठ टाँचा नलगाइएको अवस्थामा फेला परेको अनुसन्धान अधिकारी यादवले जानकारी दिए ।‘अझै पनि मिलमा खोजीकार्य जारी छ । वन कर्मचारीले बिक्रीका लागि टाँचा नलगाएका बहुमूल्य प्रजातिका काठ बरामद भइरहेको छ,’ उनले भने, ‘सबडिभिजन वन कार्यालयनजिकै ठूलो परिमाणमा काठ भेटिनु शंकास्पद छ । अनुसन्धान जारी रहेकाले अहिले केही भन्न सकिने अवस्था छैन । मिर्चैया र चोहर्वास्थित सबडिभिजन कार्यालयले भने काठ तस्करीबारे अनभिज्ञता प्रकट गरे । चोहर्वा सबडिभिजन प्रमुख सहायक वन अधिकृत भोला रायले लक्ष्मीनारायण सःमिलमा खयर काठ ल्याएको बारेमा आफूहरूले थाहा नपाएको र स्थानीयले बरामद गरेपछि अनुसन्धान भइरहेको बताए ।

    मिल सञ्चालक फरार

    काठ बरामद भएपछि वनले सःमिलका सञ्चालक मदन ठाकुर र म्यानेजर श्रवण ठाकुरलाई पक्राउ गरेको थियो । तर, वन कर्मचारीले गाडीमा लहान ल्याउँदै गर्दा लहानस्थित बजरंग पेट्रोल पम्पनजिकबाट मिल सञ्चालक ठाकुर फरार भएको डिभिजन वन कार्यालयले जनाएको छ । म्यानेजर श्रवण भने वनको हिरासतमा छन् । सशस्त्र वन रक्षकको निगरानीमा ल्याउँदै गर्दा सञ्चालक ठाकुर फरार भएको घटनालाई शंकाष्पद भन्दै स्थानीयले उनलाई भगाइएको हुनसक्ने दाबी गरेका छन् ।

    घटनाको विरोध गर्दै स्थानीयले जिल्ला प्रशासन कार्यालयलाई गुहार्दै विरोध जनाएका छन् । घटनालाई ढाकछोप गर्न लहानस्थित डिभिजन वन कार्यालयले सशस्त्र वन रक्षक रामवृक्ष मोची, जमदारहरू ब्रह्मदेव यादव र रामकुमार चौधरीलाई २ महिनाका लागि निलम्बन गरेको जनाएको छ । डिभिजन वन प्रमुख शैलेन्द्र मिश्रले लक्ष्मीनारायण सःमिलबाट ठूलो परिमाणमा खयरको काँचो काठ बरामद भएको र पक्राउ परेका मिल सञ्चालक ठाकुर फरार घटनामा संलग्न कर्मचारीलाई निलम्बन गरी अनुसन्धान भइरहेको पुष्टि गरे ।

    चोरी निकासी तीव्र

    काठ तस्करी हुने क्रम जिल्ला अन्य स्थानमा पनि व्यापक रहेको छ । तस्करीकै कारण जंगल मासिने क्रम बढेको स्थानीय बताउँछन् । जिल्लाका भदैया, ढोढना, विष्णुपुरकट्टी, बन्दीपुरलगायत नाकाबाट तस्करले चुरेक्षेत्रबाट काठ चोरी गरी निकासीको क्रमलाई तीव्र पारेका भदैयाका एक स्थानीयले बताए । ‘चिरान साखुको काठ तस्करले रातको समयमा काधवरीयामार्फत लैजान्छन्,’ ती स्थानीयले भने, ‘यस्तो काठ लहान बजार र भारतीय सीमावर्ती बजारसम्म पुर्‍याउने गरिएको छ ।’

    काठको चोरीनिकासी रोक्न स्थानीयले प्रयास गरे पनि तस्करहरूले ज्यान मार्ने धम्की दिने गरेको उनले सुनाए । तस्करहरूले चुरेक्षेत्रका अधिकांश सामुदायिक वन क्षेत्रबाट काठ ओसारपसार गरे पनि वन कार्यालयले केही गर्न सकेको छैन । तस्करीमा जिल्लास्थित भारतीय सीमा क्षेत्रका व्यक्ति बढी संलग्न रहने गरेका छन् । दैनिक गुजाराका लागि भन्दै दाउरा बिक्री गर्ने क्रम पनि बढेको छ । लहान बजारमा दिनहुँ सप्तरीका हर्दिया, दौलतपुर, कडोरवोना, बाहुना, कमलपुर र सिरहाका ढोढना, तरेगना गोविन्दपुरलगायत दर्जनभन्दा बढी गाउँका स्थानीयले चुरे वनबाट काटेर ल्याएको दाउरा ल्याई बिक्री गर्ने गरेका छन् । जिल्ला वन कार्यालयको तथ्यांकअनुसार सिरहामा २८ हजार १ सय ५५ दशमलव ९५ हेक्टर वन क्षेत्र छ । तीमध्ये १ सय ८ वटा सामुदायिक वन छन् । जिल्लामा एउटा मात्र धार्मिक वन (सलहेस फूलबारी) छ । १ सय २ वटा निजी वनका रूपमा दर्ता भएका छन् । ९ सय ९३ हेक्टर वन अतिक्रमणमा परेको छ । साभाल : कान्तिपूर

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • चेक बाउन्समा प्रतिवादीलाई एकपछि अर्को ‘बम्बर सहुलियत’, अब पुराना मुद्दामा पनि पाँच प्रतिशत मात्रै जरिवाना तिरे हुने
  • नक्कली नेपाली रुपैयाँ छाप्ने कार्यमा संलग्न व्यक्ति झापाबाट नियन्त्रणमा, अनुसन्धान जारी
  • रौतहटमा नवविवाहता महिलाको सिरियल मर्डर, एक महिनामा तीनको हत्या
  • मधेशमा एक लाख रोजगारीः प्रदेश सरकारले ल्यायो ऐतिहासिक नीति तथा कार्यक्रम
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    चेक बाउन्समा प्रतिवादीलाई एकपछि अर्को ‘बम्बर सहुलियत’, अब पुराना मुद्दामा पनि पाँच प्रतिशत मात्रै जरिवाना तिरे हुने

    नक्कली नेपाली रुपैयाँ छाप्ने कार्यमा संलग्न व्यक्ति झापाबाट नियन्त्रणमा, अनुसन्धान जारी

    रौतहटमा नवविवाहता महिलाको सिरियल मर्डर, एक महिनामा तीनको हत्या

    मधेशमा एक लाख रोजगारीः प्रदेश सरकारले ल्यायो ऐतिहासिक नीति तथा कार्यक्रम

    सप्तरीमा लुटपाटसँगै हत्या :‘जंगे’को सहयोगमा सूक्ष्म अनुसन्धान गरिँदै, शंकास्पद एक जना पक्राउ

    ड्राइपोर्ट भन्सार वीरगन्ज भन्सार कार्यालयमा गाभिदै

    रविको मुद्दाबारे अधिवक्ताहरूको ‘ब्रिफिङ’- ‘मुद्दा कानुनीभन्दा बढी राजनीतिक, गलत नियतका साथ आकर्षित नहुने अभियोग लगाइयो

    माधवकुमार नेपालको राजनीतिक जीवनको आलो प्रभात

    विश्वकै लामो मुक्तिनाथ केबुलकार बनाउन ५७ अर्ब ६४ करोड लगानी स्वीकृत

    पतञ्जलीको भ्रष्टाचारमा सूर्यविनायक नगरपालिकाका मेयरविरुद्ध पनि मुद्दा दायर

    नक्कली नेपाली रुपैयाँ छाप्ने कार्यमा संलग्न व्यक्ति झापाबाट नियन्त्रणमा, अनुसन्धान जारी

    रौतहटमा नवविवाहता महिलाको सिरियल मर्डर, एक महिनामा तीनको हत्या

    मधेशमा एक लाख रोजगारीः प्रदेश सरकारले ल्यायो ऐतिहासिक नीति तथा कार्यक्रम

    सप्तरीमा लुटपाटसँगै हत्या :‘जंगे’को सहयोगमा सूक्ष्म अनुसन्धान गरिँदै, शंकास्पद एक जना पक्राउ

    ड्राइपोर्ट भन्सार वीरगन्ज भन्सार कार्यालयमा गाभिदै

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नक्कली नेपाली रुपैयाँ छाप्ने कार्यमा संलग्न व्यक्ति झापाबाट नियन्त्रणमा, अनुसन्धान जारी

    News

    रौतहटमा नवविवाहता महिलाको सिरियल मर्डर, एक महिनामा तीनको हत्या

    News

    मधेशमा एक लाख रोजगारीः प्रदेश सरकारले ल्यायो ऐतिहासिक नीति तथा कार्यक्रम

    News

    सप्तरीमा लुटपाटसँगै हत्या :‘जंगे’को सहयोगमा सूक्ष्म अनुसन्धान गरिँदै, शंकास्पद एक जना पक्राउ

    News

    ड्राइपोर्ट भन्सार वीरगन्ज भन्सार कार्यालयमा गाभिदै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑