• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    चितुवाको मुखबाट आमाले यसरी खोसिन् आफ्नो छोरो

  • वीरगंज संजाल
  • ९ भाद्र २०७९, बिहीबार १६:०२
  • १७१३

    वीरगंज । तनहुँको बन्दीपुर गाउँपालिका वडा नम्बर १ बानियाँटारका ३ वर्षीय सुलभ परियार बुधवार साँझ घरको आँगनमा खेलिरहेका थिए । आमा लक्ष्मी परियार खाना बनाउनका लागि पिँढीमा बसेर आलु काट्दै थिइन् । डेढ वर्षीय भाइ आमासँगै थिए ।​ त्यत्तिकैमा गाउँमा हल्लीखल्ली शुरू भयो । छिमेकमा घर रहेका शिक्षकले चितुवा आयो भन्दै चिच्याए । लक्ष्मी हातको आलु छाडेर आँगनमा निस्किइन् । आँगनमा टेक्न मात्र के पाएकी थिइन्, चितुवा सुलभलाई च्यापेर कुदिहाल्यो । लक्ष्मी चितुवाको पछिपछि दगुरिन् । हल्लीखल्ली गर्दै गाउँले पनि पछि लागे ।

    करीब ५० मिटर पर पुगेर लक्ष्मीले चितुवाको पञ्जाबाट छोरालाई खोस्न सफल भइन् । घटना हुँदा घरमा नरहेका सुलभका बुवा एवं लक्ष्मीका पति सुवास परियारले भने, ‘लक्ष्मी आलु काट्दै थिइन् रे । छिमेकीको खसीलाई आक्रमण गरेको चितुवा हाम्रो छोरालाई च्यापेर भागेपछि उनी पछिपछि दगुरिछन् । ५० मिटर पर पुगेर चितुवाको मुखबाट छोरो खोस्न सफल भइछन् ।’ बुवा सुवास सहचालकको काम गर्छन् । चितुवाको पञ्जाबाट बाँच्न सफल भएका सुलभ अहिले चितवन मेडिकल कलेजमा उपचाररत छन् । बुवा सुवासका अनुसार सुलभको अपरेशन गरिएको छ । आमा लक्ष्मी छोरालाई कुरेर अस्पतालमै बसेकी छिन् । सुलभलाई अपरेसन थिएटरबाट आईसीयूमा ल्याइएको छ । बिहीवार बेलुकासम्ममा एनआईसीयूमा सार्ने तयारी रहेको चिकित्सकहरूले बताएका छन् । बलकको घाँटीको दुवैपट्टि चितुवाको पञ्जाले गहिरो चोट लागेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बताए ।‘घाँटीको दुईपट्टि चितुवाको पञ्जाको गहिरो छाप छ । अहिले बच्चा रोएको छ भन्ने कुरा आएको छ, अवस्था अझै पनि गम्भीर रहेको डाक्टरहरूले बताउनुभएको छ,’ अध्यक्ष थापाले भने ।

    गाउँपालिकाले सुलभको उपचारका लागि एक वडा सदस्यलाई खटाएको छ । डिभिजन वन कार्यालय तनहुँ, बन्दीपुर गाउँपालिका र स्थानीय मिलेर बालकको उपचार खर्च व्यवस्थापन गरेको उनले बताए ।‘वनले हामी उपचार गर्छौं भन्नुभएको छ । हामीले पनि आर्थिक सहयोग गरेका छौं । शुरूमै केही स्थानीयले पनि पैसा उठाएर पठाउनुभएको छ,’ अध्यक्ष थापाले लोकान्तरसँग भने । छिमेकी हेमबहादुर रानाको खसीलाई आक्रमण गरेर घाइते बनाएपछि चितुवा सुलभलाई बोकेर भागेको थियो । आमा लक्ष्मीले हिम्मत गरेर छोरालाई चितुवाको पञ्जाबाट फुत्काउन सफल भएकी हुन् । शुरूमा प्राथमिक उपचारका लागि सुलभलाई मोती हेल्थ क्लिनिकमा लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि चितवन लगिएको थापाले बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • चेक बाउन्समा प्रतिवादीलाई एकपछि अर्को ‘बम्बर सहुलियत’, अब पुराना मुद्दामा पनि पाँच प्रतिशत मात्रै जरिवाना तिरे हुने
  • नक्कली नेपाली रुपैयाँ छाप्ने कार्यमा संलग्न व्यक्ति झापाबाट नियन्त्रणमा, अनुसन्धान जारी
  • रौतहटमा नवविवाहता महिलाको सिरियल मर्डर, एक महिनामा तीनको हत्या
  • मधेशमा एक लाख रोजगारीः प्रदेश सरकारले ल्यायो ऐतिहासिक नीति तथा कार्यक्रम
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    चेक बाउन्समा प्रतिवादीलाई एकपछि अर्को ‘बम्बर सहुलियत’, अब पुराना मुद्दामा पनि पाँच प्रतिशत मात्रै जरिवाना तिरे हुने

    नक्कली नेपाली रुपैयाँ छाप्ने कार्यमा संलग्न व्यक्ति झापाबाट नियन्त्रणमा, अनुसन्धान जारी

    रौतहटमा नवविवाहता महिलाको सिरियल मर्डर, एक महिनामा तीनको हत्या

    मधेशमा एक लाख रोजगारीः प्रदेश सरकारले ल्यायो ऐतिहासिक नीति तथा कार्यक्रम

    सप्तरीमा लुटपाटसँगै हत्या :‘जंगे’को सहयोगमा सूक्ष्म अनुसन्धान गरिँदै, शंकास्पद एक जना पक्राउ

    ड्राइपोर्ट भन्सार वीरगन्ज भन्सार कार्यालयमा गाभिदै

    रविको मुद्दाबारे अधिवक्ताहरूको ‘ब्रिफिङ’- ‘मुद्दा कानुनीभन्दा बढी राजनीतिक, गलत नियतका साथ आकर्षित नहुने अभियोग लगाइयो

    माधवकुमार नेपालको राजनीतिक जीवनको आलो प्रभात

    विश्वकै लामो मुक्तिनाथ केबुलकार बनाउन ५७ अर्ब ६४ करोड लगानी स्वीकृत

    पतञ्जलीको भ्रष्टाचारमा सूर्यविनायक नगरपालिकाका मेयरविरुद्ध पनि मुद्दा दायर

    नक्कली नेपाली रुपैयाँ छाप्ने कार्यमा संलग्न व्यक्ति झापाबाट नियन्त्रणमा, अनुसन्धान जारी

    रौतहटमा नवविवाहता महिलाको सिरियल मर्डर, एक महिनामा तीनको हत्या

    मधेशमा एक लाख रोजगारीः प्रदेश सरकारले ल्यायो ऐतिहासिक नीति तथा कार्यक्रम

    सप्तरीमा लुटपाटसँगै हत्या :‘जंगे’को सहयोगमा सूक्ष्म अनुसन्धान गरिँदै, शंकास्पद एक जना पक्राउ

    ड्राइपोर्ट भन्सार वीरगन्ज भन्सार कार्यालयमा गाभिदै

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नक्कली नेपाली रुपैयाँ छाप्ने कार्यमा संलग्न व्यक्ति झापाबाट नियन्त्रणमा, अनुसन्धान जारी

    News

    रौतहटमा नवविवाहता महिलाको सिरियल मर्डर, एक महिनामा तीनको हत्या

    News

    मधेशमा एक लाख रोजगारीः प्रदेश सरकारले ल्यायो ऐतिहासिक नीति तथा कार्यक्रम

    News

    सप्तरीमा लुटपाटसँगै हत्या :‘जंगे’को सहयोगमा सूक्ष्म अनुसन्धान गरिँदै, शंकास्पद एक जना पक्राउ

    News

    ड्राइपोर्ट भन्सार वीरगन्ज भन्सार कार्यालयमा गाभिदै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑