वीरगंज । सत्ता गठबन्धनका शीर्ष नेताहरुले प्रतिनिधि र प्रदेशसभा निर्वाचन क्षेत्रको विस्तृत प्रतिवेदन बनाएर ल्याउन कार्यदललाई निर्देशन दिएका छन् । बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा पाँद दलका शीर्ष नेताले कार्यदलका सदस्यलाई उक्त निर्देशन दिएको सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले सञ्चारकर्मीलाई बताए ।
नेताहरुले कार्यदल छिट्टै प्रतिवेदन तयार गरी पेश गर्न नेताहरुले निर्देशन दिएपछि सो बिषयमा कार्यदलको बैठक ४ बजे बस्ने भएको कार्कीले बताए । साउन २२ गतेयता कार्यदलमा पटक पटक छलफल हुँदा पनि सहमति नभएपछि शीर्ष तहमा छलफल भएको थियो ।
शीर्ष नेताबीचको छलफलले पनि सिट बाँडफाँटको टुंगो लगाउन नसकेपछि कार्यदललाई विस्तृत विवरण पेस गर्न भनिएको छ । कार्यदलमा १६५ सिटमा कांग्रेसले ८५–९०, माओवादीले ४०–४५, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले १२–१५ को वरिपरि सिट पाउने गरी कार्यदलमा छलफल चलिरहेको नेताहरु बताउँछन् ।