• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ‘राष्ट्रपतिका गतिविधि अस्वाभाविक’

  • वीरगंज संजाल
  • ९ भाद्र २०७९, बिहीबार १५:३५
  • १७३३

    वीरगंज । राष्ट्रपति विद्यादेवी भण्डारीले केही दिन यता गरिरहेका भेटघाट र गतिविधिबारे सत्ता गठबन्धनको बैठकमा छलफल भएको छ । आगामी निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति गरेका गठबन्धन दल सिट बाँडफाँटको विषयमा सहमति जुटाउन बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जुटेका थिए । त्यसक्रममा राष्ट्रपति भण्डारीले गरिरहेका भेटघाट र सम्भावित कदमबारे नेताहरूबीच छलफल भएको हो । बैठकमा सत्ता पक्षका नेताहरूले राष्ट्रपतिको कदम ‘अस्वाभाविक’ रहेको टिप्पणी गरेका छन् । नागरिकता विधेयकमा नेकपा एमालेले राखेको मतलाई सहयोग पुग्ने गरी राष्ट्रपति भण्डारीले गतिविधि गरिरहेको भन्दै सत्ता गठबन्धनका नेताहरूले त्यसलाई अस्वाभाविक र स्वार्थपूर्ण देखिएको भनेका हुन् ।

    बैठकमा जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपति भण्डारीले गरिरहेको भेटघाट र राजीनामाको चर्चाबारे प्रसंग उठाएका थिए । ‘राष्ट्रपतिजी सक्रिय हुनुहुन्छ, यो केका लागि हो ? यसको अर्थ के हो ?,’ यादवले भनेका थिए, ‘उहाँले राजीनामा दिने भन्ने समाचार नि आएका छन् ।’ त्यसपछि प्रधानमन्त्री शेरबहादुर देउवाले पनि त्यसबारे चासो राखेका थिए । ‘बैठकमा प्रसंग उठेपछि प्रधानमन्त्रीजीले पनि चासो राख्नुभयो,’ बैठकमा सहभागी एक नेताले इकान्तिपुरसँग भने, ‘राष्ट्रपतिले को–कोसँग छलफल गर्नुभयो ? के–के गर्नुभयो ? भनेर प्रधानमन्त्रीजीले पनि जानकारी लिनुभयो ।’ बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भने राष्ट्रपतिका गतिविधि अस्वाभाविक भएको भनेका थिए । ‘राष्ट्रपतिले जे जस्तो गतिविधि गरिरहनुभएको छ, त्योबारे गठबन्धनको बैठकमा छलफल भयो । राष्ट्रपतिजीले यस्तो किन गरिरहनुभएको छ ? यसको राजनीतिक अर्थ छ कि अरू केही हो ? भन्नेबारे नेताहरूले चासो देखियो,’ बैठकमा सहभागी नेता भन्छन्, ‘प्रचण्डजीले भने राष्ट्रपतिका गतिविधि अस्वाभाविक भएको टिप्पणी गर्नुभयो ।’ राष्ट्रपति भण्डारीले संघीय संसद्का दुवै सदनबाट पारित गरेर १५ साउनमा प्रमाणीकरणका लागि राष्ट्रपति निवास पठाएका थिए । तर, राष्ट्रपति भण्डारीले २९ साउनमा विधेयकलाई परिमार्जन गर्न आग्रह गर्दै संसद्‍मै विधेयक फिर्ता पठाएकी थिइन् ।

    त्यही विधेयकलाई गठबन्धनले हुबहु संसद्‍मै पेस गर्ने निर्णय गरेपछि २ भदौमा प्रतिनिधिसभाबाट दोस्रो पटक बहुमतले पारित भएको थियो । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले नागरिकता विधेयकमा राखिएका केही विषयमा सहमत छैन । एमालेले विरोध गर्दै आएको छ । प्रतिनिधिसभाबाट पारित भएको विधेयक राष्ट्रिय सभामा बिहीबारसम्म पेस भएको छैन । सत्तापक्षका नेताहरूले एमालेले संसद्‍मा विधेयकबारे फरक मत राखेको र एमालेकै उक्साहटमा राष्ट्रपतिले त्यही विषयमा राजनीतिक स्वार्थ साँध्न खोजेको भन्दै त्यस्तो प्रयास भए त्यो अनैतिक र असंवैधानिक हुने समेत भनेका छन् । ‘नागरिकता विधेयकमा राष्ट्रपतिले सोधीखोजी गर्नु स्वभाविक हो । तर, त्यो प्रतिपक्षी नेकपा एमालेको स्वार्थसँग जोडिने कुरा स्वीकार्य हुँदैन,’ बैठकमा सहभागी अर्का एक नेताले भने, ‘राष्ट्रपतिले बढी सक्रियता देखाएर राजनीतिक लाभ लिन खोज्नु राम्रो होइन, त्यो अस्वाभाविकमात्रै होइन, अनैतिक पनि हो ।’ राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार सैनिक अधिकारी र कानुनविद्हरूसँग छलफल गरेकी थिइन् । ती भेटमा नागरिकता विधेयकबारे राष्ट्रपति भण्डारीले चासो र परामर्श लिएकी थिइन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु
  • आज शुक्रबारको राशिफल
  • मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै
  • आज बुधबारको राशिफल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु

    आज शुक्रबारको राशिफल

    मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै

    आज बुधबारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    औषधी पसलमा अनुगमन गर्न गएका विभागका कर्मचारीहरु कुटिए

    चट्याङबाट चार वर्षमा २३७ को मृत्यु, ९०८ जना घाइते

    चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु

    आज शुक्रबारको राशिफल

    मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै

    आज बुधबारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु

    News

    आज शुक्रबारको राशिफल

    News

    मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै

    News

    आज बुधबारको राशिफल

    News

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑