• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    धनगढीमा किसानलाई सहुलियत कृषिकर्जा पाउनै कठिन

  • वीरगंज संजाल
  • ९ भाद्र २०७९, बिहीबार १३:५६
  • २३६५

    धनगढी । कैलालीको गोदावरी ५ का प्रेमबहादुर सिंहले सहुलियत कृषि ऋणका लागि विभिन्न बैंकहरू धाउन थालेको ६ महिना बढि भइसक्यो । तर अहिलेसम्म ऋण पाउने टुंगो छैन । संघ र प्रदेश सरकारले कृषि उत्पादन बढाउने उद्देश्यले सहज तथा सहुलियत ब्याज दरमा ऋण उपलब्ध गराउने बताए पनि वास्तविक किसानले कर्जा पाएका छैनन् । तुलनात्मक रुपमा संघ सरकारको कार्यक्रमबाट बैंकहरूले ऋण लगानी गरिरहेको देखिएको छ । तर प्रदेश सरकारको कार्यक्रमबाट भने किसानहरू लाभान्वित हुन सकेका छैनन् । नेपाल राष्ट्र बैंक धनगढीको आर्थिक वर्ष ०७८/७९ को अर्धवार्षिक अध्ययन प्रतिवेदनअनुसार सुदूरपश्चिममा ०७८ साउनदेखि पुससम्म ६ महिनाको अवधिमा कूल ९ अर्ब १२ करोड ६३ लाख मात्र सहुलियत कर्जा प्रवाह भएको छ । त्यो रकम ०७७ को सोही अवधिको तुलनामा एक दशमलव १.१९ प्रतिशतले कमि हो । ०७७ को ६ महिना अवधिमा गरिएको सहुलियत कर्जा प्रवाह ०७६ को सोही अवधिको तुलनामा भने १४२.०१ प्रतिशतले बृद्धि भएको थियो । कृषि उद्यमीहरूलाई सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराउन बैंकहरूलाई ब्याज रकम अनुदान दिएर किसानलाई सहुलियत ऋण दिने कार्यक्रम राखेका छन् ।

    सुदूरपश्चिम प्रदेश सरकारले ०७७/०७८ को बजेट कार्यक्रमदेखि किसानहरूले एक प्रतिशत मात्र ब्याज तिर्नुपर्ने गरी किसानहरूलाई सहुलियत कर्जा सुविधा उपलब्ध गराउने आकर्षक योजना ल्याएको थियो । प्रदेश सरकारले घोषणा गरेको पहिलो वर्ष योजना नै कार्यान्वयन हुन सकेन । दोस्रो वर्ष पनि बजेट वक्तव्यअनुरूप सयौं किसानहरूले सहुलियत कृषि कर्जाका लागि बैंकहरूमा आवेदन दिएका भएपनि फाइलहरू अघि बढेनन् । प्रदेश सरकारको भूमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालयले कृषि विकास बैंकसँग सम्झौता गरेको थियो । बैंकले किसानहरूलाई उनीहरूको व्यावसायिक योजनाका आधारमा अधिकतम ५० लाखसम्म सहुलियत कृषि कर्जा उपलब्ध गराउने भन्ने सहमति दुबै पक्षबीच थियो । किसानहरूले एक प्रतिशत ब्याज मात्र तिर्नु पर्ने र बैंकको अरू ८ प्रतिशत ब्याज सरकारले अनुदान दिने भनेको शर्त थियो । कृषि विकास बैंक क्षेत्रीय कार्यालय धनगढीका प्रमुख योगेन्द्रबहादुर सिंहका अनुसार ०७९ असार मसान्तसम्म प्रदेश सरकारको सहुलियत कृषि ऋण पाउने किसानहरूको संख्या २५ जना मात्र छ । उनीहरूलाई ४ करोड ५९ लाख मात्र कर्जा प्रवाह गरिएको छ । संघ सरकारको ब्याज अनुदानमा किसानहरूलाई उपलब्ध गराइने ऋण भने केही बढि छ । ०७९ असारसम्म ८९७ जना किसानलाई एक अर्ब २२ करोड ऋण प्रवाह भएको प्रमुख सिंहले बताए । संघ सरकारको कार्यक्रम अन्तर्गत बैंकहरूले किसाहरूलाई ऋण उपलब्ध गराउदा ५ प्रतिशत ब्याज सरकारले अनुदान दिने र ३ प्रतिशत ब्याज किसानले व्यहोर्नुपर्ने प्रावधान छ । ‘प्रदेश सरकारले ब्याज अनुदान दिने सहुलियत कर्जा भने विविध कारणले प्रभावकारी कार्यान्वयन हुन नसकेको देखियो,’ बैकका प्रमुख सिंहले भने, ‘सुरुमा कृषि विकास बैंकसंँग मात्र सम्झौता थियो । सम्झौतामा ब्याज रकम अग्रिम दिनुपर्ने सर्त थियो तर दिएन ।’ सम्झौता समयमै नभएकाले पनि कार्यान्वयनमा ढिलाइ भएको उनको भनाइ छ । राष्ट्र बैंक धनगढीको प्रतिवेदन अनुसार आर्थिक वर्ष ०७८/७९ साउनदेखि पुससम्मको अवधिमा सबै भन्दा धेरै सहुलियत कर्जा कैलालीमा र सबैभन्दा कम बाजुरामा प्रवाह भएको छ । कैलालीमा ५ अर्ब ६२ करोड सहुलियत कर्जा प्रवाह भएको छ । बाजुरामा ५ करोड मात्र दिइएको छ । तर सहुलियत ब्याजदरमा प्राप्त कर्जामा वास्तविक किसानको भने न्यून पहुँच देखिएको छ । कैलालीपछि कञ्चनपुरमा बढी कर्जा प्रवाह भएको राष्ट्र बैंकको तथ्यांक छ । कञ्चनपुरमा २ अर्ब ८ करोड प्रवाह भएको छ ।

    सुदूरपश्चिमका सात पहाडी जिल्लामध्ये डोटी र डडेलधुरमा ३६/३६ करोड कर्जा उपलब्ध गराइएको छ । दार्चुलामा १९ करोड, बझाङमा १७ करोड, बैतडीमा १६ करोड र अछाममा १३ करोड सहुलियत कर्जा प्रवाह भएको राष्ट्र बैंकको तथ्यांक छ । सुदूरपश्चिममा अघिल्लो वर्षको तुलनामा औद्योगिक कर्जा भने बढेको छ । सुदूरपश्चिममा प्रवाह भएको कुल कर्जाको १८.४९ प्रतिशत औद्योगिक कर्जा छ । त्यसमध्ये पनि गैर खाद्य वस्तु उत्पादनसम्बन्धी कर्जा ४७.०९ प्रतिशतले बृद्धि भएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । ०७८/७९ असार मसान्तसम्म प्रवाह भएको औद्योगिक कर्जाको तुलनामा ०७८/७९ साउनदेखि पुससम्मको अवधिमा १४.०३ प्रतिशतले बृद्धि भई २७ अर्ब २७ करोड ८२ लाख पुगेको छ । सुदूरपश्चिममा औद्योगिक कर्जाअन्तर्गत गैर खाद्य वस्तुसम्बन्धी उद्योगमा २४.८४ प्रतिशत, निर्माण सम्बन्धि उद्योगमा ३१.१५ प्रतिशत, कृषि, वन तथा पेय पदार्थ उत्पादनसम्बन्धी उद्योगमा ३४.३४ प्रतिशत कर्जा प्रवाह भएको छ । यस्तै, विधुत, ग्यास तथा पानीसम्बन्धी उद्योगमा ०.६८ प्रतिशत, धातुका उत्पादन, इलेक्ट्रोनिक तथ मेसिन उद्योग क्षेत्रमा ८.३१ प्रतिशत र खानीसम्बन्धी उद्योगमा ०.६८ प्रतिशत कर्जा लगानी भएको छ । कुल आद्योगिक कर्जा लगानीको ७७ प्रतिशत हिस्सा कैलालीमै लगानी भएको छ । कैलालीमा २१ अर्ब बढी लगानी भएको छ भने सबैभन्दा कम बझाङमा छ । बझाङमा ९ करोड मात्र लगानी भएको तथ्यांक छ । कैलालीपछि कञ्चनपुरमा धेरै छ । कञ्चनपुरा ५ अर्ब ४१ करोड रुपैयाँ अद्योगिक उत्पादनमा लगानी गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु
  • आज शुक्रबारको राशिफल
  • मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै
  • आज बुधबारको राशिफल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु

    आज शुक्रबारको राशिफल

    मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै

    आज बुधबारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    औषधी पसलमा अनुगमन गर्न गएका विभागका कर्मचारीहरु कुटिए

    चट्याङबाट चार वर्षमा २३७ को मृत्यु, ९०८ जना घाइते

    चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु

    आज शुक्रबारको राशिफल

    मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै

    आज बुधबारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु

    News

    आज शुक्रबारको राशिफल

    News

    मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै

    News

    आज बुधबारको राशिफल

    News

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑