धनुषा । धनुषा प्रहरीले जिल्लाको विभिन्न स्थानबाट ७८ लाखभन्दा बढीको भन्सार छलीको सामान बरामद गरेको छ। बुधबार बिहान जिल्ला प्रहरी कार्यालयबाट गस्तीमा खटेको प्रहरी टोलीले जनकपुरधाम उपमहानगरपालिका १ स्थित ७३ लाख ४२ हजार ७ सय मूल्य बराबरको लत्ताकपडा लगायतका सामान बरामद गरेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए।
प्रहरीको गस्ती टोलीलाई देखेपछि ज १ च ११५१ नम्बरको पिकअपको चालक गाडी छाडेर फरार भएका थिए। यस्तै, जनकपुरधाम १३ स्थित ज ३ प ७८५० नम्बरको मोटरसाइकलमा लोड गरी ल्याउँदै गरेको १ लाख ११ हजार ६६० रुपैयाँ बराबरको किराना सामान, जनकपुरधाम ८ स्थित ३ लाख ७१ हजार ५ सय रुपैयाँ बराबरको मोबाइलका डिस्प्ले लगायतका सरसमानहरू बरामद गरिएको छ।
प्रहरीले बरामद गरेको ७८ लाख २५ हजार ८६० रुपैयाँ बराबरको सामानहरू आवश्यक कारवाहीका लागि भन्सार कार्यालय जनकपुरमा पठाइएको प्रवक्ता क्षेत्रीले जानकारी दिए।