• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगन्जमा पनि दिनहु कोरोना संक्रमित भेटिदै

  • वीरगंज संजाल
  • ८ भाद्र २०७९, बुधबार १९:००
  • ३५१७

    वीरगंज । देशभर कोरोना भाइरसका संक्रमितको संख्या बढ्न थालेसंगै वीरगन्ज नाकामा पनि फेरि दैनिक जसो कोरोनाका संक्रमित फेला पर्न थालेका छन् । भारतबाट नेपाल प्रवेश गर्ने मुख्य नाका वीरगन्ज नाकाको हेल्थ डेस्कमा भइरहेको परिक्षणमा अढाइ महिना यता फेरि दिनहु जसो कोरोनाका संक्रमित भेटिन थालेका हुन् । कोरोनाको पहिलो लहर देखि देखि नै वीरगन्ज नाकामा हेल्थ डेस्क सन्चालन गरि भारतबाट नेपाल प्रवेश गर्नेहरुको एन्टिजेन परिक्षण हुदैै आएको छ ।हेल्थ डेस्ककी इन्चार्ज डाक्टर अनिषा महत्तोका अनुसार , भारतमा संक्रमण बढ्न थालेसंगै वीरगन्ज नाकामा पनि संक्रमित भेटिन थालेका हुन् । कोरोनाको तेश्रो लहर शुन्य अवस्थामा पुगेपछि फागुन यता जेठ अन्तिम साता सम्म हेल्थ डेस्कको परिक्षणमा संक्रमण पुष्टि हुनेको संख्या शुन्य थियो ।

    तर त्यसपछि पहिलो पटक जेठ २३ गतेको परिक्षणमा पहिलो संक्रमित फेला परेको महत्तोले बताइन् । उनका अनुसार जेठ अन्तिम साता ३ जनामा संक्रमण पुष्टि भएको थियो । जेठमा ३ हजार ६ सय ६५ जनाको एन्टिजेन परिछण गर्दा ३ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको थियो । गत असारमा भने नाकाको हेल्थ डेस्कमा ३ हजार ७ जनाको एन्टिजेन परिक्षण गर्दा ५० जनामा संक्रमण पुष्टि भएको थियो। साउनमा भने नाकाको हेल्थ डेस्कमा ३ हजार ४ सय ६ जनाको एन्टिजेन परिक्षण गर्दा ६६ जनामा संक्रमण पुष्टि भएको डा. महत्तोले जानकारी दिइन् । यस्तै भदौ १ देखि ७ गते मङगलबार बिहान सम्म ५ सय ६० जनाको एन्टिजेन परिक्षण गर्दा ८ जनामा संक्रमण पुष्टि भएको हेल्थ डेस्क इन्चार्ज डाक्टर महतोले बताइन् । जेठ अन्तिम साता (जेठ २३ गते देखि ) यता मङगलबार (भदौ ७ ) सम्म १ सय २७ जनामा संक्रमण पुष्टि भएको उनले बताइन् । जेठ यता हरेक महिना संक्रमण पुष्टि हुनेको संख्या बढ्दो क्रममा रहेको उनले बताइन् । डाक्टर महत्तोले भनिन् ,‘ भारतसंगै नेपालमा संक्रमण बढेसंगै वीरगन्ज नाकामा पनि संक्रमित बढ्न थालेका छन् , दैनिक जसो २÷३ जना संक्रमित फेला परिरहेका छन् । नाकाको हेल्थ डेस्कमा जेठ २३ यता संक्रमण पुष्टि भएका १२७ जना मध्ये ६ जना बाहेक अरु सबै भारतीय नागरिक नै रहेको पनि उनले बताइन् ।संक्रमण पुष्टि भएका भारतीयहरु भारतको कुनै एक विशेष राज्यका नभइ भारतका विभिन्न राज्यका नागरिकहरु रहेको उनले बताइन् । डाक्टर महत्तोको अनुसार , नाकाको हेल्थ डेस्कमा भारतबाट लामो दूरीको रेल , बस र चारपाङग्रे सवारी साधनबाट यात्रा गरेर नेपाल आउनेहरुको एन्टिजेन परिक्षण गर्ने गरिएको छ ।संक्रमण पुष्टि भएका भारतीयलाइ नाकाबाटै भारत तर्फ फर्काउने गरिएको छ भने नेपाली संक्रमितहरुलाइ भने सम्बन्धित पालिकासंग समन्वय गरि घर पुरयाउने गरिएको छ ।

    नाकामा फेरि दैनिक जसो संक्रमति भेटिन थालेपछि स्वास्थ्य सुरक्षाको दृष्टिकोणले फेरि निगरानी बढाइएको डाक्टर महत्तोले बताइन्। यता वीरगन्जको नारायणी अस्पतालमा पनि साउन पहिलो हप्ता देखि कोरोनाका संक्रमित फेला पर्न थालेका छन् । तेश्रो लहर पछि साउन ३ गते पहिलो पटक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा एकै दिन ६ जनामा संक्रमण पुष्टि भएको अस्पतालका वरिष्ठ चिकित्सक डाक्टर उदय नारायण सिंहले जानकारी दिए । साउन ३ मा ३४ जनाको पिसिआर परिक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको हो । त्यसपछि साउन १० मा ३९ जनाको पिसिआर परिक्षण गर्दा २ जनामा , साउन १७ मा ११ जनाको पिसिआर परिक्षण गर्दा ५ जनामा र साउन २४ गते ३८ जनाको पिसिआर परिक्षण गर्दा ५ जनामा संक्रमण भेटिएको डाक्टर सिंहले बताए । साउन २४ यता भने नारायणी अस्पतालको प्रयोगशालामा कोभिडको परिक्षण भएको छैन । त्यसअघि संक्रमण पुष्टि भएका सबैको स्वास्थ्य अवस्था सामान्य रुघा खोकी बाहेक सामान्य रहेकाले होम आइशोलेनमा बस्ने गरि पठाइएको डाक्टर सिंहले जानकारी दिए । यस्तै पछिल्लो पटक संक्रमण बढ्न थाले यता वीरगन्जमा कोरोना संक्रमणले १ जनाको मृत्यु पनि भएको छ । साउन २४ गते राति नारायणी अस्पतालमा ४ दिन देखि उपचाररत बाराको अमलेखगन्जका ६८ बर्षिय बृद्धको मृत्यु भएको हो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सप्तरीमा लुटपाटसँगै हत्या :‘जंगे’को सहयोगमा सूक्ष्म अनुसन्धान गरिँदै, शंकास्पद एक जना पक्राउ
  • ड्राइपोर्ट भन्सार वीरगन्ज भन्सार कार्यालयमा गाभिदै
  • रविको मुद्दाबारे अधिवक्ताहरूको ‘ब्रिफिङ’- ‘मुद्दा कानुनीभन्दा बढी राजनीतिक, गलत नियतका साथ आकर्षित नहुने अभियोग लगाइयो
  • माधवकुमार नेपालको राजनीतिक जीवनको आलो प्रभात
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सप्तरीमा लुटपाटसँगै हत्या :‘जंगे’को सहयोगमा सूक्ष्म अनुसन्धान गरिँदै, शंकास्पद एक जना पक्राउ

    ड्राइपोर्ट भन्सार वीरगन्ज भन्सार कार्यालयमा गाभिदै

    रविको मुद्दाबारे अधिवक्ताहरूको ‘ब्रिफिङ’- ‘मुद्दा कानुनीभन्दा बढी राजनीतिक, गलत नियतका साथ आकर्षित नहुने अभियोग लगाइयो

    माधवकुमार नेपालको राजनीतिक जीवनको आलो प्रभात

    विश्वकै लामो मुक्तिनाथ केबुलकार बनाउन ५७ अर्ब ६४ करोड लगानी स्वीकृत

    पतञ्जलीको भ्रष्टाचारमा सूर्यविनायक नगरपालिकाका मेयरविरुद्ध पनि मुद्दा दायर

    विश्व वातावरण दिवसमा सशस्त्र प्रहरी गुल्ममा वृक्षारोपण निरन्तरता

    नेपाल इन्टरमोडलको संचार रणनीति विषयक अन्तर्क्रिया कार्यक्रम बीरगञ्जमा सम्पन्न

    आज शुक्रवारको राशिफल

    ज्योतिष डा. बिबेकको किताब VastuShastra’ अन्तरास्टृय बजारमा सार्वजनिक

    सप्तरीमा लुटपाटसँगै हत्या :‘जंगे’को सहयोगमा सूक्ष्म अनुसन्धान गरिँदै, शंकास्पद एक जना पक्राउ

    ड्राइपोर्ट भन्सार वीरगन्ज भन्सार कार्यालयमा गाभिदै

    रविको मुद्दाबारे अधिवक्ताहरूको ‘ब्रिफिङ’- ‘मुद्दा कानुनीभन्दा बढी राजनीतिक, गलत नियतका साथ आकर्षित नहुने अभियोग लगाइयो

    माधवकुमार नेपालको राजनीतिक जीवनको आलो प्रभात

    विश्वकै लामो मुक्तिनाथ केबुलकार बनाउन ५७ अर्ब ६४ करोड लगानी स्वीकृत

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सप्तरीमा लुटपाटसँगै हत्या :‘जंगे’को सहयोगमा सूक्ष्म अनुसन्धान गरिँदै, शंकास्पद एक जना पक्राउ

    News

    ड्राइपोर्ट भन्सार वीरगन्ज भन्सार कार्यालयमा गाभिदै

    News

    रविको मुद्दाबारे अधिवक्ताहरूको ‘ब्रिफिङ’- ‘मुद्दा कानुनीभन्दा बढी राजनीतिक, गलत नियतका साथ आकर्षित नहुने अभियोग लगाइयो

    News

    माधवकुमार नेपालको राजनीतिक जीवनको आलो प्रभात

    News

    विश्वकै लामो मुक्तिनाथ केबुलकार बनाउन ५७ अर्ब ६४ करोड लगानी स्वीकृत

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑