• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    उत्तेजक नृत्य प्रस्तुत गरी सांस्कृतिमा प्रदुषण फैलाएको आरोपमा ९ नर्तकीसहित १२ जना पक्राउ

  • वीरगंज संजाल
  • ६ भाद्र २०७९, सोमबार १७:०५
  • ५५१३

    बर्दिवास । कृष्ण अष्टमीकाबेला उत्तेजक नृत्य प्रस्तुत गरी सांस्कृतिक प्रदुषण फैलाएको आरोपमा प्रहरीले भारतीय आरकेष्ट्रा समुहलाई नियंत्रणमा लिएको छ । प्रहरीले समूहका ९ नर्तकीसहित १२ जनालाई पक्राउ गरेको हो । गौशाला २ निगौलबाट ४ नर्तकी तथा ११ नम्बर लक्ष्मीनियाबाट ५ नर्तकी र उक्त समूहका ३ पुरुषलाई नियंत्रणमा लिएको गौशाला प्रहरीेले जनाएको छ । उनीहरु महोत्तरी प्रशासनको आदेशविपरित नेपाल भित्रिएको प्रहरीको आरोप छ ।

    पक्राउ परेका दुवै आरकेष्ट्रा समुह भारत विहार सीतामढी जिल्लाका भएको प्रारंभिक छानवीनमा खुलेको प्रहरीले जनाएको छ । उनीहरुले कृष्ण अष्टमीको अवसरमा नाचगानका लागि भाडामा आएको प्रहरी सोधपुछका क्रममा बताएका छन् ।आरकेष्ट्रा नियन्त्रण गर्न घटनास्थल पुगेको प्रहरी टोलीमाथि ढुङ्गामुढा र अवरोध गर्ने २ जना स्थानीयलाई पनि प्रहरीले पक्राउ गरेको छ । अश्लील र उत्तेजक रुपमा प्रस्तुत हुने भारतीय नर्तकीकै कारण विगतका वर्षमा विभित्र आपराधिक घटना घटनुकासाथै स्थिति नियन्त्रणमा लिन प्रहरीले गोलिसमेत चलाउनु परेको हुँदा प्रशासन कार्यालयले भदौ २ गते सार्वजनिक सूचना जारी गरी आर्केष्ट्रा निषेध गरेको थियो ।

    प्रशासनको आदेश अटेर गर्दै भाडामा ल्याइएका आरकेष्ट्रा समुहले सांस्कृतिक प्रदुषण फैलाएको भनि स्थानीयले समेत विरोध गरेका थिए । नियन्त्रणका लागि ईलाका प्रहरी गौशालाका प्रहरी निरीक्षक रन्जन मिश्रको कमाण्डमा शनिवार मध्यराति घटनास्थल पुगेको प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।प्रहरीले सम्झाइ बुझाई नृत्य नगर्न आग्रह गरिरहेकोबेला लक्ष्मीनियामा केही उच्छृङ्खल समुहले प्रहरीमाथि आक्रमणको प्रयास र प्रहरी चौकीमा ढुङ्गामुढा गरेपछि राति स्थिति तनावपूर्ण बनेको थियो । समुहको ढुङ्गामुढाबाट कान्तिवजार प्रहरी कार्यालय भवनमा भौतिक क्षति पुगेको छ । घटनास्थलबाट गौशाला ११ लक्ष्मीनियाका ४६ वर्षिय कमलेश कर्ण र ३० वर्षिय सन्जयकुमार यादवलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुमाथि सार्वजनिक शान्तिविरुद्धको कसुरमा मुद्दा चलाइएको गौशाला प्रहरी निरीक्षक मिश्रले बताउनुभयो । दुवैमाथि अग्रिम कारवाहीका लागि आइतवार फाईलसहित प्रशासन कार्यालयमा पेस गरेको गौशाला प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र वीरगञ्जका १३ वडाबीच स्वास्थ्य सेवा सम्झौता सम्पन्न
  • वीरगंजमा महिला उद्यमी तथा समाजसेवीहरू जनमत पार्टी प्रवेश
  • चौथो दिन पनि साइकल रैलीमार्फत वातावरणप्रति चेतना
  • नेपाल–बङ्गलादेश व्यापारः आयात चार अर्ब ७५ करोड, निर्यात ३५ करोड
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र वीरगञ्जका १३ वडाबीच स्वास्थ्य सेवा सम्झौता सम्पन्न

    वीरगंजमा महिला उद्यमी तथा समाजसेवीहरू जनमत पार्टी प्रवेश

    चौथो दिन पनि साइकल रैलीमार्फत वातावरणप्रति चेतना

    नेपाल–बङ्गलादेश व्यापारः आयात चार अर्ब ७५ करोड, निर्यात ३५ करोड

    आईपीएलको उपाधि बेंगलुरुलाई

    मुद्दा मिलाइदिन्छु भनी एक लाख ७० हजार ठगी गर्ने पक्राउ

    कस्तो रहला आजको मौसम?

    मिस्टर एण्ड मिस नेपाल जुनियर इन्टरनेशनलका बिजेताहरु थाईल्याण्ड जाँदै

    जात, थर वा जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनु छ:प्रधानमन्त्री ओली

    आज बुधबारको राशिफल

    नेशनल मेडिकल कलेज र वीरगञ्जका १३ वडाबीच स्वास्थ्य सेवा सम्झौता सम्पन्न

    वीरगंजमा महिला उद्यमी तथा समाजसेवीहरू जनमत पार्टी प्रवेश

    चौथो दिन पनि साइकल रैलीमार्फत वातावरणप्रति चेतना

    नेपाल–बङ्गलादेश व्यापारः आयात चार अर्ब ७५ करोड, निर्यात ३५ करोड

    आईपीएलको उपाधि बेंगलुरुलाई

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र वीरगञ्जका १३ वडाबीच स्वास्थ्य सेवा सम्झौता सम्पन्न

    News

    वीरगंजमा महिला उद्यमी तथा समाजसेवीहरू जनमत पार्टी प्रवेश

    News

    चौथो दिन पनि साइकल रैलीमार्फत वातावरणप्रति चेतना

    News

    नेपाल–बङ्गलादेश व्यापारः आयात चार अर्ब ७५ करोड, निर्यात ३५ करोड

    News

    आईपीएलको उपाधि बेंगलुरुलाई

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑