• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सर्लाहीमा विद्युत् कटौतीले उपभोक्ता हैरान

  • वीरगंज संजाल
  • ५ भाद्र २०७९, आईतवार १८:४०
  • १८३७

    सर्लाही । सर्लाहीमा विद्युत् कटौतीको समस्याले उपभोक्ता आजित भएका छन् । चर्को गर्मीबीच विद्युत् कटौती र कम भोल्टेजको समस्या भोग्नुपरेको स्थानीयको गुनासो छ । तुलनात्मक रूपमा जिल्लाको उत्तरीभन्दा दक्षिणी क्षेत्रमा विद्युत् आपूर्तिमा समस्या छ । सर्लाहीस्थित कविलासी–७ सिर्सियाका स्थानीय विद्युत् कटौतीको विरोधमा सडक अवरुद्ध गर्दै । मुलुक लोडसेडिङ मुक्त घोषणा गरिए पनि त्यस्तो अनुभूति गर्न नपाएको कविलासी नगरपालिका–७ सिर्सियाका शम्भु रायले बताए । रातभरि विद्युत् नहुँदा गर्मीले निदाउनै नसकिएको उनको गुनासो छ । छिनछिनमै विद्युत् जाने र रातभरि नआउने समस्या बढेपछि सिर्सियाका स्थानीयले केही दिनअघि सडक अवरुद्ध गरे । त्यसपछि केही दिन विद्युत् आपूर्तिमा खासै समस्या नदेखिए पनि फेरि छिनछिनमै विद्युत् जाने आउने भइरहेको रायले बताए । ‘मुलुक लोडसेडिङमुक्त भएको भनिएको छ, हामी रातभरि गर्मीले बेहाल भइरहेका छौं, फेरि पनि आन्दोलन नै गर्नुपर्नेजस्तो भएको छ,’ उनले भने ।

    जिल्ला उत्तरी क्षेत्रमा समेत बिहीबार दिनभरि विद्युत् अवरुद्ध बन्यो । ३३ केभीमा समस्या आएको भन्दै लालबन्दी वितरण केन्द्रले दिनभरि विद्युत् छोडेन । बिहानै कटेको विद्युत् बिहीबार साँझ मात्र आपूर्ति भयो । विद्युत् नियमित नहुँदा दिनभरिको टन्टलापुर घामले यस क्षेत्रका सर्वसाधारणले सास्ती भोग्नुपर्‍यो । बिहान खेतमा काम गरेर आराम गर्ने बेलामा विद्युत् नहुँदा रूखको छहारीमा ओत लाग्नुपरेको हरैयाका विष्णु राउतले बताए । जिल्लामा केही दिनदेखि पटक–पटक विद्युत् आउने जाने समस्या हुँदा विद्युतीय उपकरणमा समेत समस्या देखिन थालेको उपभोक्ताको गुनासो छ । विद्युत् अनियमित भएकै कारण विद्युतीय सामग्री खराब हुन थालेको सदरमुकाम मलंगवामा सञ्चालनमा रहेको अमन कोल्ड स्टोरका सञ्चालक अजित सिंहले बताए । बिजुलीबाट चल्ने व्यापार, व्यवसाय प्रभावित भइरहेका छन् ।

    विद्युत् प्राधिकरणले भने मागअनुसार आपूर्ति हुन नसक्दा विद्युत्को अनियमित कटौती भइरहेको जनाएको छ । विद्युत् प्राधिकरण मलंगवा वितरण केन्द्रका प्रमुख विनोद यादवलाई अनियमित विद्युत् कटौतीका बारेमा बुझ्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् । मलंगवा वितरण केन्द्रमा नागरिकको गुनासो नै नसुन्ने गरेको सर्वसाधरण बताउँछन् । नागरिक समाजका महासचिव शिवचन्द्र चौधरीले प्राधिकरणमा नागरिकको पहुँच हुने नसकेको बताए । ‘गर्मीमा अनियमित विद्युत् कटौतीका बारेमा बुझ्न मलंगवा वितरण केन्द्रमा फोन गरे पनि जवाफ नै पाइँदैन,’ उनले भने ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र वीरगञ्जका १३ वडाबीच स्वास्थ्य सेवा सम्झौता सम्पन्न
  • वीरगंजमा महिला उद्यमी तथा समाजसेवीहरू जनमत पार्टी प्रवेश
  • चौथो दिन पनि साइकल रैलीमार्फत वातावरणप्रति चेतना
  • नेपाल–बङ्गलादेश व्यापारः आयात चार अर्ब ७५ करोड, निर्यात ३५ करोड
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र वीरगञ्जका १३ वडाबीच स्वास्थ्य सेवा सम्झौता सम्पन्न

    वीरगंजमा महिला उद्यमी तथा समाजसेवीहरू जनमत पार्टी प्रवेश

    चौथो दिन पनि साइकल रैलीमार्फत वातावरणप्रति चेतना

    नेपाल–बङ्गलादेश व्यापारः आयात चार अर्ब ७५ करोड, निर्यात ३५ करोड

    आईपीएलको उपाधि बेंगलुरुलाई

    मुद्दा मिलाइदिन्छु भनी एक लाख ७० हजार ठगी गर्ने पक्राउ

    कस्तो रहला आजको मौसम?

    मिस्टर एण्ड मिस नेपाल जुनियर इन्टरनेशनलका बिजेताहरु थाईल्याण्ड जाँदै

    जात, थर वा जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनु छ:प्रधानमन्त्री ओली

    आज बुधबारको राशिफल

    नेशनल मेडिकल कलेज र वीरगञ्जका १३ वडाबीच स्वास्थ्य सेवा सम्झौता सम्पन्न

    वीरगंजमा महिला उद्यमी तथा समाजसेवीहरू जनमत पार्टी प्रवेश

    चौथो दिन पनि साइकल रैलीमार्फत वातावरणप्रति चेतना

    नेपाल–बङ्गलादेश व्यापारः आयात चार अर्ब ७५ करोड, निर्यात ३५ करोड

    आईपीएलको उपाधि बेंगलुरुलाई

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र वीरगञ्जका १३ वडाबीच स्वास्थ्य सेवा सम्झौता सम्पन्न

    News

    वीरगंजमा महिला उद्यमी तथा समाजसेवीहरू जनमत पार्टी प्रवेश

    News

    चौथो दिन पनि साइकल रैलीमार्फत वातावरणप्रति चेतना

    News

    नेपाल–बङ्गलादेश व्यापारः आयात चार अर्ब ७५ करोड, निर्यात ३५ करोड

    News

    आईपीएलको उपाधि बेंगलुरुलाई

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑