काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध दलभित्र प्रतिनिधिसभा प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको सिट बाँडफाँट पेचिलो बन्दै गएको छ ।
सत्तारूढ कार्यदलको बुधबार बसेको बैठकमा ‘सिट बाँडफाँट मोडालिटी पेस हुने’ भनिए पनि सहमति नभएपछि बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धन आबद्ध पाँचै दलको शीर्षस्थ तह बैठकमा ‘सिट भागबन्डा’’bout छलफल भएको थियो । बैठकमा पाँचै दलका शीर्षनेताले आ–आफ्ना दलको अवस्था र सिट संख्या’bout मुख खोलेका हुन् ।
बैठकमा सहभागी एक नेताका अनुसार प्रतिनिधिसभा प्रत्यक्षतर्फको १ सय ६५ सिटमा सबै दलले गरी दुई सयभन्दा बढीमा माग दाबी गरेका छन् । ‘प्रत्यक्षतर्फ १ सय ६५ सिट हुने संवैधानिक व्यवस्था छ, तर गठबन्धन बैठकमा भएको माग दाबी दुई सयभन्दा बढी सिटको छ,’ गठबन्धन आबद्ध ती नेताले राजधानीसँग भने । बैठकमा प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले सय सिट माग दाबी कायम राखेको छ ।
यसैगरी, नेकपा माओवादी केन्द्रले ६० सिटमा दाबी गर्दा जनता समाजवादी पार्टीले ३५ सिटमा दाबी गरेको छ ।
गठबन्धनमा जोडिँदै थप तीन दल
त्यस्तै, नेकपा एकीकृत समाजवादी पार्टीले समेत ३५ सिट तल नझर्ने गरी र राष्ट्रिय जनमोर्चाले दुई सिट दाबी गरेको छ ।
नेकपा एकीकृत समाजवादी महासचिव बेदुराम भुषालले कुनै पनि दलले सिट संख्या दाबी गर्नु स्वाभाविक भएको बताए । उनले सिट सुनिश्चितता विषयमा भने संवाद जारी रहेको जानकारी दिए ।
‘कुनै पनि दलले आफ्नो पक्षमा सिट बढाएर माग्नुलाई अन्यथा लिन मिल्दैन, दलको दाबी स्वाभाविक हो, सिट सुनिश्चितता विषयमा छलफल र संवाद जारी छ,’ भुषालले भने ।
माओवादी केन्द्रका एक नेताका अनुसार बैठकमा कांग्रेसले सयभन्दा बढी सिटमा माग दाबी गर्दै आए पनि कांग्रेसले ८० देखि ८५ सिट चित्त बुझाउनेगरी दाबी गरिरहेको छ ।
सो अवस्थामा सहमति हुँदा माओवादी केन्द्रले ४० देखि ४५ सिट पाउने सम्भावना छ । सबैलाई मिलाउने अवस्थामा ती दलको भागमा अघिल्लो अंक पर्ने सम्भावना रहन्छ ।
यसैगरी, जसपालाई तेस्रो स्थानको सिट दि“दा उसले बढीमा २५ सिट पाउन सक्ने र नेकपा एकीकृत समाजवादीलाई २० सिट दिने अवस्था बन्नसक्ने बताइएको छ । त्यस्तै, गठबन्धनको अर्को घटक राष्ट्रिय जनमोर्चालाई दुई सिट दिने सम्भावना विषयमा छलफल जारी छ ।
लोसपा पनि गठबन्धनमा
प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक समाजवादी पार्टी लोसपालाई पनि गठबन्धनमा ल्याउन अन्तिम कसरत जारी राखेका छन् । सो दल गठबन्धनमा जोडि“दा अन्य दलको सिट अझै घट्ने अवस्था रहन्छ ।
प्रधानमन्त्री देउवाले लोसपालाई गठबन्धनमा ल्याउने विषयमा बिहीबार अध्यक्ष महन्थ ठाकुरलाई बालुवाटारमै निम्ता गरेर छलफल गरेका थिए । लोसपा नेता केशव झाले गठबन्धनमा लोसपालाई भिœयाउने विषयमा प्रधानमन्त्री देउवा सकारात्मक रहेको र शुक्रबार हुने भेटबाट थप निर्णय आउने बताए ।
‘प्रधानमन्त्रीज्यू लोसपालाई गठबन्धनमा ल्याउन सकारात्मक हुनुहुन्छ, गठबन्धनका अन्य नेता पनि सकारात्मक भए शुक्रबार नै टुंगो लाग्न सक्छ, शुक्रबार पुनः भेटघाट छ,’ लोसपा नेता झाले भने ।
भट्टराई–गौतमको चासो
गठबन्धनमा जोडिने विषयमा डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले पनि चासो देखाउँदै आइरहेको छ । बामदेव गौतमले आफ्नो दल नेकपा एकता राष्ट्रिय अभियानलाई समेत गठबन्धनमै जोडेर अघि बढ्ने मनसाय बनाइसकेका छन् ।
ती तीन दल गठबन्धनमा जोडि“दा सिट बाँडफाँटमा मुख्य भनिएका दलले केही संख्या छोड्नुपर्ने अवस्था रहन्छ । लोसपा गठबन्धनमा भित्रिएको अवस्थामा जसपाको केही सिट घट्न सक्छ भने बाबुराम र बामदेवको दललाई सिट दि“दा माओवादी केन्द्र र नेकपा एसको केही सिट कम हुन सक्छ ।