• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    अब ट्रायल दिएको तीन दिनमै लाइसेन्स,अफिस बिहान सात बजेदेखि नै खुल्ने

  • वीरगंज संजाल
  • २४ श्रावण २०७९, मंगलवार ११:५९
  • १०१८५

    वीरगंज । तपाईंलाई छिटो सवारी साधनको अनुमति पत्र चाहिएको छ? चाहिएको भए अब तीन दिनमै तपाईंले प्राप्त गर्नुहुन्छ। बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालय हेटौंडाले आकस्मिक (इमर्जेन्सी) रूपमा सवारी अनुमति पत्र चाहिने सेवाग्राहीलाई ध्यानमा राखेर छिटोमा तीन दिनमै दिने व्यवस्था गरेको हो। बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आफू मुख्यमन्त्री भएसँगै सवारी चालक अनुमतिपत्र लिन पर्खाइमा रहेका सेवाग्राहीलाई छ महिनाभित्र वितरण गरिसक्ने प्रतिबद्धता जनाएका थिए। प्रदेश सरकारले अतिरिक्त समयमा यातायात कार्यालय सञ्चालन गर्न सहज हुनेगरी २०७८ फागुन २६ गते कार्यविधि बनाएको थियो। सोही कार्यविधिअनुसार श्रम, रोजगार तथा यातायात मन्त्रालय हेटौंडाले आफू मातहतका सवारी चालक अनुमतिपत्र लिने कार्यालय बिहान ७ बजेदेखि सञ्चालन सुरू गरेको छ।

    मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव इञ्जिनियर उमेश रूपाखेती बागमती प्रदेशले यातायात कार्यालयबाट दैनिक रूपमा प्रवाह हुने सेवाग्राहीको विवरण दैनिक रूपमा सार्वजनिक गर्ने तयारी गरेको बताउँछन्। ‘सेवाग्राहीसँग प्रत्यक्ष जोडिने कार्यालय यातायात कार्यालयको सुधारका लागि बागमती प्रदेश कार्यालय लागेको छ,’ उनले भने। यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र ठूलोभर्‍याङ, हेटौंडा, जगातिलगायतका कार्यालयले आज (साउन २२) बाट बिहान ७ बजेदेखि सेवाग्राहीलाई सवारी चालक अनुमतिपत्र प्रदान सुरू गरे पनि सवारी चालक अनुमतिपत्र एकान्तकुना, चाबहिलले छिट्टै सेवा प्रदान गर्ने बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहालले बताए। यातायात कार्यालयभित्र देखिएको अस्तव्यस्तता हटाउँदै सेवाग्राहीलाई सहज ढङ्गले सेवा प्रदान गर्नका लागि कार्यविधि बनाएर बिहानैदेखि कार्यालय सञ्चालन सुरू गरेको मन्त्री दाहालको भनाइ छ।

    ‘उपत्यका बाहेकका अरू जिल्लाका सेवाग्राही काठमाडौंभित्र सेवा लिन आउन नपरोस् भन्ने उद्देश्यले उपत्यका बाहिर पनि सवारी चालक अनुमतिपत्र कार्यालय खोल्न लागिरहेका छौं,’ उनले भने। सेवाग्राही १० बजेदेखि यातायात कार्यालय सञ्चालन हुने भएकाले ७ बजेदेखि नै कार्यालय आएर लाइनमा बसेको अप्ठ्यारो अवस्थालाई महसुस गरेर बिहान ७ बजेदेखि नै कार्यालय सञ्चालन सुरू गरेको उनको भनाइ छ। मन्त्री दाहाल अतिरिक्त समयमा काम गर्ने कर्मचारीलाई मन्त्रालयले भत्ताकोसमेत व्यवस्था गरेको बताउँछन्। आइतबार बिहान सवारी चालक अनुमतिपत्र ठूलोभर्‍याङमा सेवा लिन आएका नागार्जुन नगरपालिका-२ का रामबहादुर श्रेष्ठले यति चाँडो लाइसेन्सको काम हुन्छ भन्ने विश्वास आफूलाई नलागेको बताए। ‘यस्तो सेवा सधैं प्रदान गर्नसके यातायात कार्यालयप्रति सेवाग्राहीले हेर्ने दृष्टिकोणमा परिवर्तन आउँछ,’ उनले भने। सोही कार्यालयमा आएका डडेलधुराका वीरेन्द्र साउदले पछिल्लो समय यातायात कार्यालयले दिने सेवाप्रति आफू सन्तुष्ट रहेको बताए।

    यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र ठूलोभर्‍याङका निमित्त प्रमुख सञ्जय थापाले यातायात क्षेत्रलाई हेर्ने नजरमा परिवर्तन ल्याउनु जरुरी रहेको बताए। ‘हरेकले आफू कर्मचारीमात्र नभएर सेवाग्राहीको नजरबाट हेर्नसके यातायात क्षेत्रमा सुधार आउँछ,’ उनले भने। ठूलोभर्‍याङले दैनिक तीन सय जनालाई सवारी चालक अनुमति पत्र प्रदान गर्दै आएको छ। दैनिक सात सय नयाँ सवारी चालक अनुमतिपत्रका लागि दर्ता, एक सय ५० नवीकरण, दुई सयको राजस्व सङ्कलन र ५० जनालाई प्रतिलिपि प्रदान गर्दै आएको छ।यस्तै हप्ताको पाँच सय जनाको लिखित परीक्षा सञ्चालन गर्दै आएको कार्यालय प्रमुख थापा बताउँछन्। ठूलोभर्‍याङले सवारी चालक अनुमतिपत्रका लागि चन्द्रागिरि नगरपालिकाको गुर्जुधारास्थित भेहिकल एकेडेमीबाट प्रयोगात्मक परीक्षा गराउँदै आएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सामा १८ औं संघीय लोकतान्त्रिक गणतन्त्र दिवस दीप प्रज्वलन गरी मनाइयो
  • विगत सात वर्षदेखि खेलकुद ऐन बन्न सकेको थिएन। म मन्त्री भए बित्तिकै खेलकुद ऐन पास गरए।
  • ६ लाख नगदसहित एक व्यक्ति र मोटरसाइकल भन्सार बुझायो : सशस्त्र प्रहरी बल पर्सा
  • लक्षमनवा टोलमा मस्जिदको छत ढलान, उप–प्रमुख इम्तियाज आलमको पहलमा कार्य सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सामा १८ औं संघीय लोकतान्त्रिक गणतन्त्र दिवस दीप प्रज्वलन गरी मनाइयो

    विगत सात वर्षदेखि खेलकुद ऐन बन्न सकेको थिएन। म मन्त्री भए बित्तिकै खेलकुद ऐन पास गरए।

    ६ लाख नगदसहित एक व्यक्ति र मोटरसाइकल भन्सार बुझायो : सशस्त्र प्रहरी बल पर्सा

    लक्षमनवा टोलमा मस्जिदको छत ढलान, उप–प्रमुख इम्तियाज आलमको पहलमा कार्य सम्पन्न

    कटहरियामा तत्काल एकीकृत सेवा केन्द्र स्थापना गर्न आजपा नेता विजय यादवको माग

    नेपालमा पनि ७ जनामा कोरोना पुष्टि

    किशोर उमेरका राजकुमार सन्किएपछि साउदी सरकारले लगाएको थियो मदिरामा प्रतिबन्ध

    भिजिट भिसा प्रकरणले तात्यो संसद, गृहमन्त्रीको राजीनामा ‘बमट लाइन’

    फ्रान्सका राष्ट्रपतिले आफ्नी श्रीमतीको थप्पड खाएका हुन् ?

    एकै परिवारका सात जना रहस्यमय अवस्थामा मृत भेटिए

    पर्सामा १८ औं संघीय लोकतान्त्रिक गणतन्त्र दिवस दीप प्रज्वलन गरी मनाइयो

    विगत सात वर्षदेखि खेलकुद ऐन बन्न सकेको थिएन। म मन्त्री भए बित्तिकै खेलकुद ऐन पास गरए।

    ६ लाख नगदसहित एक व्यक्ति र मोटरसाइकल भन्सार बुझायो : सशस्त्र प्रहरी बल पर्सा

    लक्षमनवा टोलमा मस्जिदको छत ढलान, उप–प्रमुख इम्तियाज आलमको पहलमा कार्य सम्पन्न

    कटहरियामा तत्काल एकीकृत सेवा केन्द्र स्थापना गर्न आजपा नेता विजय यादवको माग

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सामा १८ औं संघीय लोकतान्त्रिक गणतन्त्र दिवस दीप प्रज्वलन गरी मनाइयो

    News

    विगत सात वर्षदेखि खेलकुद ऐन बन्न सकेको थिएन। म मन्त्री भए बित्तिकै खेलकुद ऐन पास गरए।

    News

    ६ लाख नगदसहित एक व्यक्ति र मोटरसाइकल भन्सार बुझायो : सशस्त्र प्रहरी बल पर्सा

    News

    लक्षमनवा टोलमा मस्जिदको छत ढलान, उप–प्रमुख इम्तियाज आलमको पहलमा कार्य सम्पन्न

    News

    कटहरियामा तत्काल एकीकृत सेवा केन्द्र स्थापना गर्न आजपा नेता विजय यादवको माग

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑