• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कोरोना महामारीको चौथो लहर नेपालमा अबको एक महिना झन कठिन

  • वीरगंज संजाल
  • २४ श्रावण २०७९, मंगलवार ११:१९
  • १९२१

    वीरगंज । स्वास्थ्य मन्त्रालयले कोरोना महामारीको चौथो लहर नेपालमा अझै एक महिना रहने निष्कर्ष निकालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) ले हालै गरेको एक अध्ययनले तीन हप्तासम्म संक्रमण बढ्दै जाने, त्यसपछि उच्च विन्दुमा केही समय स्थिर रहने र भदौको अन्तिम साताबाट मात्र संक्रमण घट्दै जाने देखाएको छ । चौथो लहरमा दैनिक आठ हजार जनासम्म संक्रमित हुन सक्ने इडीसीडीको अनुमान छ । हिजोआज दैनिक संक्रमित संख्या एक हजारभन्दा कम छ । ‘आगामी तीन हप्तासम्म अझै उकालो लाग्दै जानेछ र दैनिक दुईदेखि आठ हजारसम्म नयाँ संक्रमित थपिन सक्ने आंकलन गरिएको छ’, स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘संक्रमण मध्यमविन्दुमा पुगेको छ । केही दिनमा उच्चविन्दुमा पुग्छौं ।’

    उनका अनुसार संक्रमण तीन हप्तापछि मात्रै ओरालो लाग्दै जाने आंकलन गरिएको छ । ‘मानिसले खोप नलाएको वा जनस्वास्थ्यको मापदण्ड पालना नगरेको अवस्थामा संक्रमणदर बढ्ने हो । अबको एक महिना कठिन हुनसक्छ’, ती अधिकारीले भने, ‘हामीले अहिलेको संक्रमणदरको चक्रलाई आंकलन गरेको हौं । तर, यो तथ्यांक तलमाथि पनि हुनसक्छ ।’स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारी पनि अबको दुई हप्तामा कोरोना संक्रमण उत्कर्षमा पुग्नसक्ने आंकलन गरिएको बताउँछन् । ‘अबको दुई हप्ता कोरोना संक्रमण उच्च विन्दुमा पुग्ने र त्यसपछि घट्दै जाने हाम्रो अनुमान हो,’ डा. अधिकारीले भने ।अधिकांश मानिसले खोप लगाएका कारण अस्पताल भर्नादर अन्य लहरभन्दा भने कम हुने स्वास्थ्य मन्त्रालयको आंकलन छ । यद्यपि संक्रमितको संख्या बढ्दै जाँदा अस्पताल भर्ना दर पनि बढ्न सक्ने सहप्रवक्ता अधिकारी बताउँछन् । ‘संक्रमित भएको केही हप्तापछि मात्रै मानिस अस्पतालमा पुग्छन् । अबको दुई हप्तापछि मृत्युदर बढ्ने आंकलन गरिएको छ’, उनले भने । कोरोना विरुद्ध खोप लगाएको ६ महिनापछि शरीरमा क्रमशः एन्टीबडी कम हुँदै जसले गर्दा शरीरमा कोरोना संक्रमणको जोखिम पुनः बढ्दै गएको संक्रामक रोग विशेषज्ञ डा. अनुप बास्तोला बताउँछन् । जोखिमलाई कम गर्न ‘बुस्टर डोज’ को अनिवार्य रुपमा दिर्नुपर्ने उनको भनाइ छ । मन्त्रालयको पछिल्लो विवरण अनुसार ७३ लाख ५१ हजार ६९५ जनाले मात्रै बुस्टर डोज लगाएका छन् ।

    ‘खोपको पूर्ण मात्रा लगाइसकेको ६ महिनापछि शरीरमा एन्टीबडी कम हुँदै जान्छ । एन्टीबडीलाई बढाउनका लागि अर्को खोपलाई बुस्टर डोजको रुपमा लगाउनुपर्छ,’ डा. बास्तोलाले भने, ‘अहिले बुस्टर डोज लगाउनेसंख्या कम छ । त्यसलै तत्काल कभरेज बढाउनुपर्छ ।चौथो लहर सुरु भएसँगै कोरोनाका जटिल खालका बिरामी बढ्न थालेका छन् । उपचारमा संलग्न चिकित्सकका अनुसार जटिल खालका बिरामी बढ्नुमा तीन वटा कारण छन् । पहिलो, भाइरस एकदमै संक्रामक छ भने यसबाट दीर्घरोगी बढी प्रभावित भएका छन् । दोस्रो, संक्रमितहरु ढिला गरी अस्पताल पुगेका छन् र तेस्रो, कतिपय संक्रमितले खोप लगाएका छैनन् ।

    पाटन अस्पतालका कोरोना फोकल पर्सन तथा मेडिकल डाइरेक्टर प्रा.डा. युवराज शर्मा ओमिक्रोन भेरियन्ट निकै संक्रामक भएपनि कम घातक भएको बताउँछन् । अहिले देखिएको ओमिक्रोनको सबभेरियन्टले गर्भवती र बालबालिकामा बढी जोखिम पारेको उनको भनाइ छ । उनी भन्छन्, ‘नेपालमा हाल देखिएको भाइरस निकै संक्रामक तर, कम घातक भएको संकेत गर्छ । त्यही माथि धेरैजसो बिरामी ढिला गरी अन्तिम अवस्था तिर मात्र अस्पताल आइपुगेका वा खोप नै नलाएको पनि पाइएको छ ।’हाल नेपालमा सक्रिय रहेको ओमिक्रोनको सब भेरियन्टबाट भने गर्भवती, बालबालिकासँगै वृद्धवृद्धा, दीर्घरोगी, खोप नलगाएका व्यक्ति बढी प्रभावित देखिएको डा. शर्माको भनाइ छ । मन्त्रालयको आइतबारसम्मको विवरण अनुसार १५२ जना संस्थागत आइसोलेसनमा छन् । जसमध्ये ४५ जना आईसीयू र ३ जना भेन्टिलेटरमा उपचारत छन् ।

    वीर अस्पतालका कोभिड–१९ संयोजक डा. उमेश बोगटी भाइरस निकै संक्रामक रहेको र बिरामी ढिला गरी अस्पताल आउँदा जटिलता धेरै देखिएको छ । ‘अहिले धेरैजना संक्रमित होम आइसोलेसनमै छन् । उनीहरु ठीक होला भन्दै घरमै बस्छन् । तर, जति ढिलो भयो बिरामीलाई बचाउन त्यति नै गाह्रो हुन्छ’ उनले भने, ‘अहिले समुदायमा संक्रमण फैलिसकेको छ । केही हप्तापछि अस्पतालमा भर्ना हुने संख्या पनि बढ्छ ।’होम आइसोलेसनमा बसेका संक्रमितहरु निरन्तर रुपमा चिकित्सकको परामर्शमा रहनुपर्ने उनको सुझाव छ । ‘शरीरमा अक्सिजनको मात्रा घटेमा, श्वास प्रश्वासमा समस्या भए, छाती दुखे, ओठ निलो भएमा जटिलता तिर गएको बुझ्नुपर्छ,’ डा. बोगटीले भने, ‘यस्ता लक्षण देखिएर तत्काल अस्पताल पुर्याउन सकेमा क्षतिलाई रोक्न सकिन्छ र धेरैजनाको ज्यान जोगाउन सकिन्छ । साभार: अनलाइनखबर

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका
  • पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै
  • बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड
  • अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    इरानको सरकारी टिभी ह्याक

    इरानमाथि आक्रमण गर्न अमेरिकी सेनालाई राष्ट्रपति ट्रम्पको स्वीकृति

    लागूऔषधसहित पोखराबाट चार जना पक्राउ

    राष्ट्रिय प्रजातन्त्र पार्टीले गर्‍यो संसद वहिष्कार

    सांसद थापाले च्याते संसदभित्रै बजेट पुस्तिका

    सुरक्षित तथा पर्याप्त खानेपानी पुर्‍याउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    इरानको सरकारी टिभी ह्याक

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    News

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    News

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    News

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    News

    इरानको सरकारी टिभी ह्याक

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑