वीरगंज । बाराको फेटा गाँउपालिका वडा नम्बर ३ स्थित बौधीमाइ मन्दिरमा भएको तोडफोडको घटनामा संलग्नलाइ कारबाहीको माग गर्दै हिन्दु परिषद नेपालले जिल्ला प्रशासन कार्यालय बारा र जिल्ला प्रहरी कार्यालय बारामा ज्ञापनपत्र बुझाएको छ ।
बौैधीमाइको मन्दिरमा गत सोमबार राति अज्ञात व्याक्तिहरुले तोडफोड गरेका थिए । उक्त घटनामा संलग्नहरुको अहिले सम्म पहिचान खुल्न सकेको छैन । हिन्दुहरुको मन्दिरमा तोडफोड गर्नेहरुको पहिचान गरि कारबाहीको माग गर्दै हिन्दु परिषद नेपालका अगुवाहरुले बुधबार बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाल र प्रहरी नायव उपरिक्षक राजेश थापालाइ ज्ञापनपत्र बुझाएका हुन् ।
मन्दिरका सामु निर्मित बाघको मुर्ती ,मन्दिरको प्राङ्गणमा रहेको हनुमानको ध्वजा र मन्दिरको भरयाङमा लगाइएको मार्बल तोडफोड गगरि फुटाएर हिन्दु धर्म माथि नै प्रहार गर्ने काम गरिएकाले उक्त घटनामा संलग्नलाइ यथाशीघ्र पक्राउ गरि कारबाही गर्न हिन्दु परिषद नेपालले माग गरेको छ । ज्ञापनपत्र बुझाउन गएको टोलीमा हिन्दु परिषद नेपालका केन्द्रिय अध्यक्ष सन्तोषानन्द महाराज, हिन्दु परिषद नेपाल बाराका अध्यक्ष गोपाल दासका साथै हिन्दु परिषद नेपालका सदस्य , समाजिक अभियन्ता लगायतको सहभागीता रहेको थियो ।