• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ६ लाख घुस लिंदा-लिंदै पक्राउ परेका उप-सचिवको गाडीमा थप १६ लाख भेटिएपछी…

  • वीरगंज संजाल
  • १८ श्रावण २०७९, बुधबार १७:३७
  • २६१३

    वीरगंज । सेवाग्राहीबाट काम मिलाइदिने भन्दै ६ लाख रुपैयाँ घुस लिइरहेको अवस्थामा संस्कृति, पर्यटन तथा नागरिक उड्‌डयन मन्त्रालय, नागरिक उड्‌डयन महाशाखाका उप-सचिव प्रमोद नेपाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । उप-सचिव नेपालले प्याराग्लाईडिङ्ग सञ्चालनको लागि अनुमति पत्र, लाइसेन्स उपलब्ध गराइदिने कामका लागि सेवाग्राहीसँग ६ लाख रुपैयाँ माग गरेको भन्ने सूचना एवं उजुरीका आधारमा आयोगको टोलीले निज उप-सचिवलाई घुस लिइसकेको अवस्थामा घुस रकमसहित पक्राउ गरेको आयोगले जनाएको छ ।

    काठमाडौं महानगरपालिका, वडा नं. १ मनकामना मार्गस्थित होटल अरण्यको कम्पाउण्डबाट नियन्त्रणमा लिई निजले प्रयोग गरेको गाडी खानतलासी गर्ने क्रममा स्रोत नखुलेको थप १६ लाख पचास हजार रुपैयाँ गरी २२ लाख पचास हजार रुपैया बरामद भएको आयोगले जनाएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यो पनि..काठमाडौं । अमेरिकाको मासाचुसेट्स राज्यको सरकारी विद्यालयहरूको कक्षा ७ को पाठ्यक्रममा नेपाली सामाजिक अभियन्ता डा. विष्णुमाया परियारको जीवनी समावेश गरिएको छ। विश्वको इतिहास र भूगोल विषयको ‘छुवाछूत र दिगो विकास लक्ष्य १०’ शीर्षकको १२ नम्बरको पाठमा अमेरिका निवासी डा. परियारबारे तयार पारिएको वृत्तचित्र ‘अनटचेबल’ समेत समावेश गरिएको हो ।उक्त पाठमा नेपालमा व्याप्त जातीय विभेद र असमानताका विषय समेटिएको छ। उक्त वृत्तचित्र नेपालमा जातीय विभेद र यसले सिर्जना गरेको असमानतालाई सम्बोधन गर्न अभियन्ता डा. विष्णुमाया परियारको संलग्नताका विषयमा समावेश छ।

    यस पाठमार्फत विद्यार्थीले कानून र शिक्षाजस्ता विधिहरूमार्फत असमानतालाई सम्बोधन गर्ने अन्य तरिकाहरू पनि अन्वेषण गर्ने र स्थानीय र विश्वव्यापी रूपमा असमानतालाई सम्बोधन गर्न आफूले खेल्न सक्ने भूमिकालाई विद्यार्थीले विचार गर्ने विश्वास गरिएको छ।नेपालमा जातीय व्यवस्था अन्त्य गर्न विष्णुमाया परियारको कार्यका उदाहरणहरू पेस गरी सामाजिक उद्यमशीलतामार्फत दक्षिण एसियामा असमानतालाई कसरी सम्बोधन गरिएको छ भनी व्याख्या गर्नु उक्त पाठको उद्देश्य रहेको छ। नेपालमा जात र असमानता : विष्णुमाया परियारको सक्रियता शीर्षकको भिडियो करिब २० मिनेटको छ। नेपालमा दलित (अछुत) जातिमा जन्मिएकी अधिकारकर्मी विष्णुमाया परियारको कामका बारेमा एउटा सानो वृत्तचित्र हेर्न जाँदैछौं भनेर विद्यार्थीलाई भनिन्छ। अर्को स्लाइडमा विद्यार्थीलाई दक्षिणपूर्वी एसियाको नक्सामा नेपाल पत्ता लगाउन लगाइनेछ।

    बसाइँसराइको नतिजा स्वरूप नेपालमा २००० ईसा पूर्वमा हिन्दू धर्म आएको विद्यार्थीलाई वर्णन गरिनेछ। आज, ८१ प्रतिशतभन्दा बढी नेपाली हिन्दू भनेर चिनिने र शिव भगवान् हिन्दूको संरक्षक देवता हुन् भनेर पनि विद्यार्थीलाई जानकारी दिइनेछ। त्यसपछि, भिडियोमा डा. विष्णुमाया परियारको तस्वीर देखाइनेछ र विद्यार्थीको ध्यान यसप्रति आकर्षित गरिनेछ। नेपाली सामाजिक अभियन्ता डा. विष्णुमाया परियार र उहाँको जीवनी समेटिएको अमेरिकाको कक्षा ७ को पाठ्यक्रमको अंश यस्तो छ ।त्यसपछिका करिब १२ मिनेट अवधिमा विद्यार्थीबीच छलफल चलाइनेछ। छलफल नेपालमा जातीय व्यवस्थाले निम्त्याएको असमानता, यसले सिर्जना गर्ने समस्या र समाधानका उपायहरूमा केन्द्रित रहनेछ। शिक्षा र सामाजिक अन्तरक्रियाका सम्बन्धमा नेपालमा दलितहरूमाथि हुने भेदभावपूर्ण व्यवहार, विष्णुमाया परियारको संस्था एडवान र यसले लघु ऋण उपलब्ध गराएर जातीय व्यवस्थाले सिर्जना गरेको समस्यालाई सम्बोधन गर्न पुर्‍याएको योगदानलगायत विषयमा पनि विद्यार्थीले छलफल गर्नेछन्।

    अर्को २० मिनेटको समयमा सामाजिक उद्यमशीलता : असमानताको समाधान शीर्षकमा विद्यार्थीलाई विष्णुमाया परियार सामाजिक उद्यमी भनेर चिनिन्छिन् भन्ने विषयमा व्याख्या गर्न लगाइन्छ। त्यसैगरी पाठको अन्तिम १० मिनेटमा असमानतालाई सम्बोधन गर्न सामाजिक उद्यमशीलता वा कानून वा वृत्तचित्र निर्माण जस्ता अन्य विधिहरूको प्रयोग गर्दा के फाइदा–बेफाइदा छन् भन्ने तपाईंलाई लाग्छ भन्ने जिज्ञासासहित पाठ टुंग्याइन्छ। डा. परियारको जीवनी यसअघि विश्वव्यापी कलेज पाठ्यपुस्तकमा समेत प्रकाशित भइसकेको छ। विश्वमै अग्रणी मानिने अमेरिकी प्रकाशक म्याकग्रो हिलले डा. लिसा राइट होफ्नरद्वारा लिखित ‘दि राइटर्स माइन्डसेट’ पुस्तकमा डा. परियारको जीवन संघर्ष प्रकाशित छ। अमेरिकाको न्यूजर्सी राज्यका गभर्नर फिल मर्फीले हालै सामाजिक अभियन्ता डा. विष्णुमाया परियारलाई एसियन अमेरिकी र प्यासिफिक आइल्यान्डर (एएपीआई) आयोगमा मनोनयन गर्नुभएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • रातोमाटे ट्राफिक प्रहरीको दादागिरी: अनुमती पत्र हुँदाहुँदै चिट काटिएको आरोप
  • अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा
  • प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह
  • मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रातोमाटे ट्राफिक प्रहरीको दादागिरी: अनुमती पत्र हुँदाहुँदै चिट काटिएको आरोप

    अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा

    प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह

    मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना

    आज सनिवारको राशिफल

    चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु

    आज शुक्रबारको राशिफल

    मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै

    आज बुधबारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    रातोमाटे ट्राफिक प्रहरीको दादागिरी: अनुमती पत्र हुँदाहुँदै चिट काटिएको आरोप

    अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा

    प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह

    मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना

    आज सनिवारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    रातोमाटे ट्राफिक प्रहरीको दादागिरी: अनुमती पत्र हुँदाहुँदै चिट काटिएको आरोप

    News

    अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा

    News

    प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह

    News

    मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना

    News

    आज सनिवारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑