वीरगंज । वीरगंजमा बुधबार ५ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ ।
वीरगञ्जको नारायणी अस्पतालमा मंगलबार गरीएको पिसिआर परिक्षणमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रवक्ता एव् वरीष्ठ डाक्टर उदय नारायण सिँहले जनाएका छन् ।
संक्रमित हुनेहरुमा तीन जना पुरुष र २ जना महिला रहेका छन् । उनीहरु २५ वर्षदेखी ६२ वर्ष उमेर समुहका रहेको डाक्टर सिँहले बताए । मंगलबार ११ जनामा गरीएको पिसिआर परीक्षण ५ जनामा संक्रमण पुष्टि भएको डाक्टर सिँहले जानकारी दिए ।