चितवन । चितवनको भरतपुर महानगरपालिका-१६, लप्टनडाँडामा मोटरसाइकल पल्टिँदा एक जनाको ज्यान गएको छ।
गए राति करिब पौने ११ बजे शिवघाटबाट लप्टनडाँडातर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००४ प ३१६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका स्थानीय २२ वर्षीय अनिल महतोको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको वडा प्रहरी कार्यालय नारायणगढले जनाएको छ।