• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    दुई सातामै ५ गुणा बढ्यो सरकारी अस्पतालमा बिरामीको चाप

  • वीरगंज संजाल
  • १२ श्रावण २०७९, बिहीबार २२:२३
  • १६४५

    वीरगंज | केही दिनदेखि देशका ठूला सरकारी अस्पतालमा ज्वरोका बिरामीको चाप बढ्न थालेको छ। काठमाडौं उपत्यकाका विभिन्न अस्पतालसहित उपत्यका बाहिरका प्रादेशिक अस्पतालहरूमा समेत परीक्षणका लागि पुग्ने बिरामीको संख्या उल्लेख्य बढेको छ।

    उपत्यकाका त्रिवि शिक्षण अस्पताल, टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन, वीर अस्पतालमा पछिल्लो २ सातामा जँचाउन आउने ज्वरोका बिरामीको संख्या करिब ५ गुणाले बढेको छ। तीमध्ये अधिकांश बिरामीहरूमा कोरोना संक्रमण पाइएको वीर अस्पतालका डा प्रज्वल श्रेष्ठले थाहाखबरलाई बताए।

    उनका अनुसार अन्य बिरामीहरूमा भने भाइरल ज्वरो, रुघाखोकी देखिएको छ। कोरोनाका लागि तोकिएको वीर अस्पतालमा हाल ३१ जना कोरोनाका बिरामी उपचाररत छन् भने तीमध्ये ९ जना आइसियू र २ जना भेन्टिलेटरमा उपचाररत छन्।

    ‘करिब एक महिनाअघि पिसिआर परीक्षणका लागि ४/५ जना मात्रै आउने गरेका थिए तर अहिले दैनिक ८० जनासम्म कोरोना परीक्षणका लागि आउने गरेका छन्‚’ डा. श्रेष्ठले भने।

    टेकुस्थित सरुवा रोग अस्पतालमा पनि २ साताअघि दैनिक ४/५ जना मात्रै बिरामी पिसिआर परीक्षणका लागि आउने गरेका थिए। अहिले त्यो संख्या बढेर दैनिक ६० जनासम्म परीक्षणका लागि आउने गरेका अस्पतालका डा. किरण महर्जनले जानकारी दिए। हाल टेकु अस्पतालमा ४ जना कोरोनाका बिरामी उपचाररत छन्। ज्वरो आएर जँचाउन आएकामध्ये ६ जनामा डेंगु र ५ जनामा स्क्रब टाइफस देखिएपछि उपचाररत छन्।

    उपत्यकाकै अर्को अस्पताल पाटनमा पनि २ साता अघिसम्म विदेश जान लागेका १०/१५ जना श्रमिक अस्पतालमा पिसिआर परीक्षणका लागि पुग्ने गरेका थिए। अहिले विदेश जान लागेका मात्रै होइन ज्वरो आउने तथा कोरोनाका लक्षण देखिएका ५० जना बिरामी दैनिक पिसिआर परीक्षणका लागि आउने गरेको पाटन अस्पतालका निर्देशक डा. रवि शाक्यले जानकारी दिए। उनका अनुसार हाल १० जना कोरोनाका बिरामी भर्ना भएर उपचार गराइरहेका छन्।

    महाराजगञ्जस्थित टिचिङ अस्पताल पनि पछिल्लो समय भाइरल ज्वरोसहित कोरोना संक्रमितबाट अछुतो छैन। अस्पतालकै डाक्टर, नर्स र कर्मचारीसहित १० जनालाई कोभिड संक्रमण देखिएको अस्पतालका प्रवक्ता रामविक्रम अधिकारीले बताए।

    उनका अनुसार अस्पतालका ३ जना डाक्टर, ३ जना नर्स र ४ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएकाले आइसोलेशनमा बसेका छन्। टिचिङ अस्पतालमा बुधबार मात्रै ६१ नमुनाको पिसिआर परीक्षण गरेकोमा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

    विभिन्न २५ जिल्लाका बिरामीको चाप थेग्दै आएको नेपालगञ्जस्थित भेरी अस्पतालमा पनि पछिल्लो केही समयदेखि बिरामीको संख्या बढेको छ। त्यहाँ कोरोनाका बिरामी भने २ जना भर्ना भएर उपचार गराइरहेका छन्। बिहीबार मात्र जिल्लामा ३ जना र सीमानाकामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका डाक्टर संकेत रिसालले जानकारी दिए।

    उनका अनुसार अहिले वर्षाको समय भएकाले ज्वरो, रुघाखोकीसहित सर्पदंशकाे बिरामीहरूसमेत बढेका छन्। यी अस्पतालहरू मात्रै होइन देशभरका जिल्ला तथा प्रदेश अस्पताल र निजी अस्पतालहरूमा समेत बिरामीको चाप बढ्न थालेको छ।

    पछिल्लो समय कोरोना र ज्वरोका बिरामीहरू त बढेकै छन् कोरोनाकै कारण ज्यान गुमाउनेहरू पनि बढ्न थालेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाएको छ। मंगलबार दुई जनाको ज्यान लिएको कोरोनाले बुधबार एक जनाको मृत्यु भएको थियो। आज बिहीबार पुनः २ जनाको उपचारकै क्रममा मृत्यु भएको मन्त्रालयले जनाएको छ।

    कोरोना भाइरस सँगै छालासँग सम्बन्धित विभिन्न रोगको संक्रमण आशंकामा सरकार आफू पनि सतर्क बनेको छ भने सर्वसाधारणलाई पनि सतर्कता अपनाउन भनेको छ। भीडभाडमा जाँदा अनिवार्य मास्क लगाउन, स्वास्थ्यका सामान्य मापदण्ड पूरा गर्न तथा सरसफाइमा समेत ध्यान दिन मन्त्रालयले अनुरोध गरेको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा ४ जना पक्राउ
  • शिक्षकहरुमा नौ बुँदे मागप्रति प्रतिबद्ध छौं तर आर्थिक बोझलाई ध्यान दिन्छौं -शिक्षामन्त्री
  • लालुप्रसाद यादवले छोरा तेजप्रतापलाई पार्टी र परिवारबाट गरे निष्कासन
  • सगरमाथाको सफल आरोहणपछि बढुवा भएकी प्रहरी नायव निरीक्षक शेर्पा दर्ज्यानी चिन्हद्वारा सुशोभित
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा ४ जना पक्राउ

    शिक्षकहरुमा नौ बुँदे मागप्रति प्रतिबद्ध छौं तर आर्थिक बोझलाई ध्यान दिन्छौं -शिक्षामन्त्री

    लालुप्रसाद यादवले छोरा तेजप्रतापलाई पार्टी र परिवारबाट गरे निष्कासन

    सगरमाथाको सफल आरोहणपछि बढुवा भएकी प्रहरी नायव निरीक्षक शेर्पा दर्ज्यानी चिन्हद्वारा सुशोभित

    माओवादीले पनि माग्यो गृहमन्त्रीको राजीनामा

    भिजिट भिसा प्रकरण : गृह सचिवसहित थप कर्मचारी पनि निगरानीमा

    तीनकुने घटनाः दुर्गा प्रसाईंसहित ६५ जनाविरुद्ध मुद्धा चलाउने निर्णय

    दाहाल, नेपाल र खनालले नेकपा विभाजन गरेर अपराध गरे : ओली

    कर्मचारीलाई तीनदिनभित्र काम सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन

    ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

    बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा ४ जना पक्राउ

    शिक्षकहरुमा नौ बुँदे मागप्रति प्रतिबद्ध छौं तर आर्थिक बोझलाई ध्यान दिन्छौं -शिक्षामन्त्री

    लालुप्रसाद यादवले छोरा तेजप्रतापलाई पार्टी र परिवारबाट गरे निष्कासन

    सगरमाथाको सफल आरोहणपछि बढुवा भएकी प्रहरी नायव निरीक्षक शेर्पा दर्ज्यानी चिन्हद्वारा सुशोभित

    माओवादीले पनि माग्यो गृहमन्त्रीको राजीनामा

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा ४ जना पक्राउ

    News

    शिक्षकहरुमा नौ बुँदे मागप्रति प्रतिबद्ध छौं तर आर्थिक बोझलाई ध्यान दिन्छौं -शिक्षामन्त्री

    News

    लालुप्रसाद यादवले छोरा तेजप्रतापलाई पार्टी र परिवारबाट गरे निष्कासन

    News

    सगरमाथाको सफल आरोहणपछि बढुवा भएकी प्रहरी नायव निरीक्षक शेर्पा दर्ज्यानी चिन्हद्वारा सुशोभित

    News

    माओवादीले पनि माग्यो गृहमन्त्रीको राजीनामा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑