• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पहिरोले चार परिवार विस्थापित, बस्ती नै बग्ने जोखिम

  • वीरगंज संजाल
  • १२ श्रावण २०७९, बिहीबार १२:५०
  • २१४५

    वीरगंज । केही दिनदेखिको वर्षापछि खसेको पहिरोले कुश्मा नगरपालिका–१० पीपलटारीका करिब ६० परिवार रहेको बस्ती जोखिममा परेको छ । सिमखेतस्थित बस्तीमाथिको फाँटबाट पहिरो खसेपछि आसपासका बासिन्दा त्रसित छन् । करिब दुई सय मिटर माथिबाट बग्न सुरु गरेको पहिरो बस्तीसम्मै आइपुगेपछि चार परिवारले घरै छाडेका छन् । स्थानीय कृष्ण सुवेदी, होमनाथ शर्मा, जगत् सुवेदी र रघुनाथ सुवेदीका परिवार पहिरोले पुरिने डरले घर छोडेर छिमेकीकोमा शरण लिइरहेको स्थानीय गणेश पौडेलले बताए । त्यस्तै आपसापका ६४ परिवार रहेको बस्ती पहिरोको प्रत्यक्ष जोखिममा छ । पहिरोका कारण गाउँमा वितरित विद्युत्का पोलसमेत ढल्न थालेपछि स्थानीयले विद्युत् प्राधिकरणको कुश्मा वितरण केन्द्रलाई जानकारी गराएका छन् ।

    दुई वर्षअघिदेखि खेतको फाँटमा धाँजा फाटेको र गत सोमबारदेखि परेको वर्षापछि खेतसहित पहिरो बगेर बस्तीमा खस्न थालेको स्थानीय शंकर सुवेदीले बताए । विद्युत्को तार घरमा आएर करेन्ट लाग्ने हो भन्ने त्रासले राति घरमा बस्न नसकिएको उनले बताए । पहिरोले १२ रोपनी जग्गासमेत बगाइसकेको छ । स्थानीय खिमनाथ सुवेदी धान खेतसमेत बगाएपछि कहाँ बस्ने र के खाने भन्ने चिन्ताले सताएको बताउँछन् । ‘अघिल्ला वर्षमै धाँजा फाटेको थियो,’ स्थानीय रामचन्द्र सुवेदीले भने, ‘अहिले वरपरको थुप्रै खेतसहित बस्ती नै बगाउने गरी खसेको छ । अब तत्काल रोकथाम नगरे हामी ६०–६५ परिवार विस्थापित हुनुपर्नेछ ।’ नगरपालिका हुँदै प्रदेश र केन्द्रसम्म समस्या समाधानका लागि पहल गर्न स्थानीयले सम्बन्धित निकायसँग माग गरेका छन् ।

    पहिरोले बस्ती नै बग्न थालेको जानकारीपछि कुश्मा नगरउपप्रमुख स्वस्थानी रिजाल, इन्जिनियरद्वय शिवप्रसाद बराल र सञ्जय लामिछाने, विद्युत् प्राधिकरणको कुश्मा वितरण प्रमुख शिवनारायण गोशली, भू तथा जलाधार व्यवस्थापन कार्यालयका इन्जिनियर विकास थापालगायतको टोलीले मंगलबार पहिरोग्रस्त क्षेत्रको अनुगमन गरेको छ । अनुगमनपश्चात् प्राविधिकको टोलीले तत्काल नियन्त्रणको प्रयास थाल्नुपर्ने निष्कर्ष निकालेको छ । त्यसका लागि भू तथा जलाधार कार्यालयले ग्याभिन जाली तथा अन्य अस्थायी रोकथामका काम सुरु गर्ने जनाएको छ । प्राधिकरणका पर्वत प्रमुख गोशलीका अनुसार बस्तीमा जोखिम भएको विद्युत्का पोल फेर्न सुरु भइसकेको छ । ‘पहिरो खसेको स्थानमा ३ वटा पोल जोखिममा छन् । एउटा पहिरोले बगाएर तल खसालेको छ,’ उनले भने, ‘बाँकी दुईवटा हटाउनुपर्ने छ ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा ४ जना पक्राउ
  • शिक्षकहरुमा नौ बुँदे मागप्रति प्रतिबद्ध छौं तर आर्थिक बोझलाई ध्यान दिन्छौं -शिक्षामन्त्री
  • लालुप्रसाद यादवले छोरा तेजप्रतापलाई पार्टी र परिवारबाट गरे निष्कासन
  • सगरमाथाको सफल आरोहणपछि बढुवा भएकी प्रहरी नायव निरीक्षक शेर्पा दर्ज्यानी चिन्हद्वारा सुशोभित
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा ४ जना पक्राउ

    शिक्षकहरुमा नौ बुँदे मागप्रति प्रतिबद्ध छौं तर आर्थिक बोझलाई ध्यान दिन्छौं -शिक्षामन्त्री

    लालुप्रसाद यादवले छोरा तेजप्रतापलाई पार्टी र परिवारबाट गरे निष्कासन

    सगरमाथाको सफल आरोहणपछि बढुवा भएकी प्रहरी नायव निरीक्षक शेर्पा दर्ज्यानी चिन्हद्वारा सुशोभित

    माओवादीले पनि माग्यो गृहमन्त्रीको राजीनामा

    भिजिट भिसा प्रकरण : गृह सचिवसहित थप कर्मचारी पनि निगरानीमा

    तीनकुने घटनाः दुर्गा प्रसाईंसहित ६५ जनाविरुद्ध मुद्धा चलाउने निर्णय

    दाहाल, नेपाल र खनालले नेकपा विभाजन गरेर अपराध गरे : ओली

    कर्मचारीलाई तीनदिनभित्र काम सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन

    ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

    बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा ४ जना पक्राउ

    शिक्षकहरुमा नौ बुँदे मागप्रति प्रतिबद्ध छौं तर आर्थिक बोझलाई ध्यान दिन्छौं -शिक्षामन्त्री

    लालुप्रसाद यादवले छोरा तेजप्रतापलाई पार्टी र परिवारबाट गरे निष्कासन

    सगरमाथाको सफल आरोहणपछि बढुवा भएकी प्रहरी नायव निरीक्षक शेर्पा दर्ज्यानी चिन्हद्वारा सुशोभित

    माओवादीले पनि माग्यो गृहमन्त्रीको राजीनामा

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा ४ जना पक्राउ

    News

    शिक्षकहरुमा नौ बुँदे मागप्रति प्रतिबद्ध छौं तर आर्थिक बोझलाई ध्यान दिन्छौं -शिक्षामन्त्री

    News

    लालुप्रसाद यादवले छोरा तेजप्रतापलाई पार्टी र परिवारबाट गरे निष्कासन

    News

    सगरमाथाको सफल आरोहणपछि बढुवा भएकी प्रहरी नायव निरीक्षक शेर्पा दर्ज्यानी चिन्हद्वारा सुशोभित

    News

    माओवादीले पनि माग्यो गृहमन्त्रीको राजीनामा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑