• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    भिडियो सार्वजनिक गरिदिने धम्की दिंदै सामूहिक बलात्कार, जाहेरीपछि भिडियो गायब !

  • वीरगंज संजाल
  • १२ श्रावण २०७९, बिहीबार १२:०३
  • ३१४९

    विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिकाकी एक १९ वर्षीया किशोरी विराटनगर बसेर अध्ययन गर्छिन् । कलेजमा अध्ययन गर्दै गर्दा उनीसँग डिसिप्लिन इन्चार्ज सुरज सुवेदी नजिकिए । सुवेदीले उनलाई परीक्षामा सहयोग पनि गरे । सहयोगको बहानामा डेरामा भेट्न जान थाले । त्यही क्रममा उनले शारीरिक सम्बन्ध पनि राखे ।

    पीडित पक्षको भनाइ अनुसार सुवेदीले शारीरिक सम्बन्धको भिडियो पनि बनाए । त्यही भिडियो देखाएर ब्ल्याकमेलिङ गर्दै कहिले होटल त कहिले डेरामै पुगेर करणी गरे । गत जेठयता यो श्रृङ्खला निरन्तर चलिरह्यो । सुवेदीसँग भिडियो भएका कारण किशोरीले घटना सार्वजनिक गर्न सकिनन् ।

    यही क्रममा उनीमाथि करणी गर्ने अर्काे व्यक्ति थपिए विनोद राउत । राउत विराटनगरका प्रतिष्ठित व्यक्ति हुन् । जग्गा कारोबारी पनि रहेका सुवेदी विभिन्न सामाजिक संस्थामा आवद्ध छन् । राउत र सुवेदी साथी-साथी हुन् । उनीहरु दुवैजना राष्ट्रिय खेलकुद परिषद्को मोरङमा कराँते प्रशिक्षक छन् । सुवेदी यसअघि संखुवासभामा कार्यरत थिए ।

    पीडितले प्रहरीमा भने अनुसार सुवेदी र राउतले किशोरीलाई विराटनगरको एक होटलमा सोही भिडियो सार्वजनिक गरिदिने डर देखाएर सामूहिक बलात्कारसमेत गरे । उनीहरुले नशालु पदार्थ खुवाएर किशोरीलाई पटक-पटक बलात्कार गरेको आरोप छ । पछिल्लो पटक सुवेदीले भिडियो देखाएर गत असार २८ गते बलात्कार गरेको पीडित पक्षको आरोप छ ।

    सामूहिक बलात्कारपछि किशोरी कलेज जान छाडिन् । कलेज नगएका कारण परिवारले सोधीखोजी गरेपछि मात्रै करणीको विषय खुलेको थियो । त्यसपछि परिवारका सदस्य प्रहरीसम्म पुगेका थिए ।

    प्रहरीले सूचना चुहाएकाले आरोपीले भिडियो डिलिट गरेको दाबी

    पीडित किशोरीले प्रहरीमा बयान दिंदा करणी गरेको भिडियो आरोपीहरुले बनाएको जिकिर गरेकी छन् । तर प्रहरी भने आरोपीहरुको मोबाइलमा भिडियो फेला नपरेको बताउँछ । दुवै जना आरोपीको मोबाइल किशोरीकै अगाडि हेर्दा भिडियो फेला नपरेको मोरङका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले बताए ।

    भिडियो खिचेको विषय चर्चामा आए पनि आरोपीको मोबाइलमा फेला नपरेपछि थप अनुसन्धान भइरहेको उनले बताए । ‘प्रहरीसम्म भिडियो आएको छैन, आएको भए प्रमाणको रुपमा सुरक्षित राखिन्छ’ उनले भने, ‘मोबाइल परीक्षण हुन्छ, भिडियो भए रिकभर हुन्छ ।’

    पीडित पक्षले भने जबरजस्ती करणीको उजुरी परेको सूचना प्रहरीले नै चुहाएकाले आरोपीले भिडियो डिलिट गरेको हुनसक्ने दाबी गरेको छ ।

    उजुरीपछि सुरुमा सुवेदीलाई पक्राउ गरेको प्रहरीले सुवेदीको बयानमार्फत राउतलाई पनि पक्राउ गरेको थियो । प्रहरीले ‘जबरजस्ती करणी’मुद्दामा अनुसन्धानका लागि विराटनगर-३ का राउत र विराटनगर-४ का सुवेदीलाई पक्राउ गरी मोरङ जिल्ला अदालतबाट म्याद थप गरेको छ । मंगलबार प्रहरीले दोस्रो पटक दुई दिनको म्याद थपेर अनुसन्धान गरिरहेको छ ।

    जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले घटनाको अनुसन्धान भइरहेकाले थप सूचना दिन नमिल्ने बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु
  • लोडशेडिङको चिन्ताबीच एकातिर बाङ्ग्लादेश विद्युत् निर्यात सुरु हुँदै, अर्कातिर विद्युत् खेर जाने जोखिम
  • उपकार सेवा नेपाल द्वारा वीरगन्जमा रक्तदान कार्यक्रमको आयोजना ,२ महिला सहित २९ जनाले गरे रक्तदान
  • डेसिमल कलेजद्वारा ‘फेयरवेल मीट एण्ड ग्रीट’ कार्यक्रम सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

    लोडशेडिङको चिन्ताबीच एकातिर बाङ्ग्लादेश विद्युत् निर्यात सुरु हुँदै, अर्कातिर विद्युत् खेर जाने जोखिम

    उपकार सेवा नेपाल द्वारा वीरगन्जमा रक्तदान कार्यक्रमको आयोजना ,२ महिला सहित २९ जनाले गरे रक्तदान

    डेसिमल कलेजद्वारा ‘फेयरवेल मीट एण्ड ग्रीट’ कार्यक्रम सम्पन्न

    वीरगन्जमा खेलकुद महासंघको एकपक्षीय कमिटी गठनप्रति पुरानो कमिटीको कडा आपत्ति

    रातोमाटे ट्राफिक प्रहरीको दादागिरी: अनुमती पत्र हुँदाहुँदै चिट काटिएको आरोप

    अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा

    प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह

    मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना

    आज सनिवारको राशिफल

    ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

    लोडशेडिङको चिन्ताबीच एकातिर बाङ्ग्लादेश विद्युत् निर्यात सुरु हुँदै, अर्कातिर विद्युत् खेर जाने जोखिम

    उपकार सेवा नेपाल द्वारा वीरगन्जमा रक्तदान कार्यक्रमको आयोजना ,२ महिला सहित २९ जनाले गरे रक्तदान

    डेसिमल कलेजद्वारा ‘फेयरवेल मीट एण्ड ग्रीट’ कार्यक्रम सम्पन्न

    वीरगन्जमा खेलकुद महासंघको एकपक्षीय कमिटी गठनप्रति पुरानो कमिटीको कडा आपत्ति

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

    News

    लोडशेडिङको चिन्ताबीच एकातिर बाङ्ग्लादेश विद्युत् निर्यात सुरु हुँदै, अर्कातिर विद्युत् खेर जाने जोखिम

    News

    उपकार सेवा नेपाल द्वारा वीरगन्जमा रक्तदान कार्यक्रमको आयोजना ,२ महिला सहित २९ जनाले गरे रक्तदान

    News

    डेसिमल कलेजद्वारा ‘फेयरवेल मीट एण्ड ग्रीट’ कार्यक्रम सम्पन्न

    News

    वीरगन्जमा खेलकुद महासंघको एकपक्षीय कमिटी गठनप्रति पुरानो कमिटीको कडा आपत्ति

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑