• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:शुक्रबार १० श्रावण, २०८२
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    जीर्ण उद्योगहरु सरकारले चलाउन सक्दैन : उद्योग मन्त्री बडू

  • वीरगंज संजाल
  • १२ श्रावण २०७९, बिहीबार ११:१४
  • २९६९

    वीरगंज | उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले जीर्ण उद्योगहरु सरकार एक्लैले चलाउन नसक्ने भन्दै त्यस्ता उद्योग निजी क्षेत्र र सरकारको साझेदारीमा चलाउनुपर्ने बताएका छन् । विशेष आर्थिक क्षेत्र प्राधिकरण सिमरा ‘सेज’को अनुगमनका क्रममा उद्योग मन्त्री बडूले निजी क्षेत्र र सरकारको साझेदारीमा पनि चलाउन नसक्ने उद्योगहरुको हकमा सरकारलाई राजस्व दिएर निजी क्षेत्रले आफैले चलाउन सक्ने टिप्पणी गरेका छन् ।

    ‘तपाई आफै उद्योग चलाउनुस् भनेर निजी क्षेत्रलाई गुहार्नुपर्ने अवस्था छ, विशेष औद्योगिक क्षेत्रमा ६० प्रतिशतभन्दा बढी निर्यात गर्ने उद्योगहरु आइदिनोस् भन्ने हाम्रो चाहना हो, कहिले पूरा होला !’ उद्योग उनले भने । सिमरा सेजमा ३० वटा निजी कम्पनीले करिव ७ अर्बको लगानी गर्न ६० वटा प्लट (जग्गा) ओगटेका छन् । सेजको ‘ए ब्लक’ को ३४३ बिगाहा क्षेत्रफलमध्ये १६० बिगाहा तत्कालै उद्योग सञ्चालन गर्न मिल्ने छन् । ती जग्गा ओगटेका उद्योगहरुले संरचना निर्माणको काम भने सुरु गरेका छैनन् ।

    पथलैया–वीरगञ्ज औद्योगिक करिडोरदेखि सेजसम्मको पहुँच मार्ग, औद्योगिक सुरक्षा, बैंकको ब्याजदर, उद्योग स्थापना गरेको ५ वर्षपछि ६० प्रतिशत छिमेकी देशसहित तेस्रो मुलुक निर्यात गर्नुपर्ने बाध्यात्मक व्यवस्थाका कारण उद्योगीहरु सेजमा आउन उत्साहित छैनन् । सेजमा लगानी गर्न जग्गा धितो राखेर बैंकबाट ऋण लिन पाउनुपर्ने उद्योगीहरुको माग छ । तर सेजले भने सरकारको जग्गा धितो राख्दा जोखिम हुने जनाएको छ ।

    उद्योग मन्त्री बडूले पनि सरकारको जग्गा बैंकमा धितो राख्न अनुमति दिँदा उद्योग टाँट पल्टिएको अवस्थामा के गर्ने भन्ने जोखिम रहने बताए । ‘सरकारले आफ्नो जग्गाको सुरक्षा पनि गर्नुछ, त्यसमा बनाएको संरचना धितो राखेर सुविधा दिन सक्ने व्यवस्था लगानीकर्ता र सरकारबीचको समझदारीमा समाधान हुनसक्छ तर जग्गा नै गइहाल्ने खतराबाट सरकार सचेत रहन्छ,’ उनले भने ।

    सेजले ‘ए ब्लक’ मा उद्योग सञ्चालनका लागि आवश्यक प्रशासनिक, बैंक, बीमा, क्यान्टिन, भन्सार, आन्तरिक सडक, पानी, ढल लगायतका सम्पूर्ण भौतिक पूर्वाधार निर्माण गरिसकेको छ ।​ सेजसम्म पुग्ने पहुँच मार्गको हकमा मुआब्जाको समस्या समाधान गरेर हालको बाटो उपयुक्त नभए तत्कालै वैकल्पिक बाटो खोल्न मन्त्री बढुले निर्देशन दिएका छन् । उनले सरकारले आफैले चलाउँछु भनेर सुरु गरेका उद्योगहरु बन्द अवस्थामा पुगेकाले अब निजी क्षेत्रको सहकार्यमा मात्रै उद्योगहरु सञ्चालन गर्न सकिने टिप्पणी गरेका छन् ।

    पछिल्लो समय व्यापार घाटा भयावह रुपमा बढ्दै गएको भन्दै आन्तरिक उत्पादनलाई नै उपभोग गर्ने बानी बसाल्न मन्त्री बडूले सुझाव दिएका छन् । ‘हामी आयातमा यसरी परनिर्भर भयौँ कि आयात नहुने हो भने भान्छामा चामलको भातसमेत नपाक्ने भयो, हाम्रो भान्छामा पकाउने ग्याँस पनि बाहिरबाट आउँछ । चामल, दाल र अब त हुँदाहुँदा अचार पनि बाहिरबाट आउने स्थिति धेरै दुखद् हो, यस्तो स्थिति नआओस् भन्नका लागि हामी समयमै सचेत हुनुपर्छ,’ मन्त्री बडूले भने ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑