वीरगंज । भारत पिथौरागढ जिल्लाको धारचुला तहसिलअन्तर्गतको रणनीतिक महत्त्वको धारचुला-मानसरोवर सडक खण्डमा मजदुरी गर्ने एक नेपाली मजदुरको पहिरोमा पुरिएर मृत्यु भएको छ । उक्त सडक खण्डको लामारी झरना नजिक क्षेत्रमा पहिरो परी मंगलबार नेपाली मजदुरको घटनास्थलमै मृत्यु भएको हो ।
मृत्यु हुनेमा डडेल्धुरा आलिताल गाउँपालिका-५ का नरबहादुर रोक्कामगर रहेका छन् । उनीसँगै मजदुरी गरिरहेका दुहु गाउँपालिका-२ का पदमसिह कुँवर घाइते भएका छन् । घाइते कुँवरको भारतको पिथौढागढमा रहेको अस्पतालमा उपचार भइरहेको छ ।
घाइते कुँवरको खुट्टा भाँचिएको भारतमा उनीसँगै मजदुरी गरिरहेका तिरविर घर्तीले जानकारी दिए । उनका अनुसार मृत्युको शव धारचुला चिकित्सालयमा राखिएको छ ।