• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वन मन्त्री यादवले भने- फिल्म खेल्न समय मिलेन

  • वीरगंज संजाल
  • १० श्रावण २०७९, मंगलवार १२:१७
  • ३१०५

    वीरगंज | रमित ढुंगानाको निर्देशनमा बन्न लागेको फिल्म ‘मुस्कान’ का लागि आफ्नो समय नमिल्न वन तथा वातावरण मन्त्री प्रदीप यादवले बताएका छन्।तेजाब आक्रमणमा परेकी मुस्कान खातुनको बायोपिक फिल्म ‘मुस्कान’ मा पूर्वप्रधानमन्त्री माधव नेपाल, मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, मन्त्री प्रदीप यादव लगायत खेल्ने भने पनि वन तथा वातावरणमन्त्री यादव भने कार्यव्यस्तताले नखेल्ने स्पष्ट पारेका छन्।

    मन्त्री यादवले पछिल्लो समय आफ्नो थपिएको जिम्मेवारका कारण मन्त्रालयको कामले नै समय आभाव भएको भन्दै फिल्म छायांकनका लागि समय अभाव भएको बताएका छन्।‘यहाँहरूलाई सर्वविधितै छ। देश,जनताको विकास र वन तथा वातावरण मन्त्रीको नाताले वन जङ्गल र वन्यजन्तुको संरक्षण एवम् संवर्द्धनका लागि गर्नुपर्ने धेरै कामको कार्य व्यवस्तताका कारण फिल्मको छायांकनका लागि समय नमिल्ने स्पष्ट पार्न चाहन्छु’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन्।

    समाजलाई सचेत बनाउने जनचेतनामूलक फिल्म बनाउन, अभिनय गर्न विषयमा केही समय अगाडि कलाकार रमित ढुंगानाले प्रस्ताव राखेर विभिन्न चरणमा छलफल भए पनि पछिल्लो समय कार्यव्यस्तताले नभ्याउने उनले बताएका छन्।‘एसिड पीडित मुस्कान खातुन बहिनीको जीवन कथामा आधारित फिल्मसँगै उनको उज्ज्वल भविष्यसँग जोडिएका अन्य हरेक सामाजिक कार्यप्रति मेरो समर्थन रहनेछ’, उनले अगाडि भनेका छन्।’

    मुस्कानमाथिको तेजाब आक्रमणमा प्रत्यक्ष र अप्रत्यक्ष सहयोग गर्नेलाई फिल्ममा समेट्न खोजिएको निर्देशक ढुंगानाले जानकारी दिए।’जति बेला मुस्कानमाथि तेजाब आक्रमण भयो, त्यति बेला उनलाई जसले सहयोग गरे, उहाँहरूलाई फिल्ममा समेट्ने प्रयास गरेका हौं। तेजाब प्रहार हुनेबित्तिकै प्रदीप यादवले ठूलो भूमिका निर्वाह गर्नुभएको रहेछ। यस्तो अन्य धेरै पात्रहरूलाई पनि फिल्ममा समेट्ने छौं,’ अभिनेता रमित ढुंगानाले सेतोपाटीसँग भने, ‘उहाँहरूसँग कुराकानी गर्दा हुन्छ भन्नुभएको छ। प्रदीपजीले त फिल्मको स्क्रिप्टका लागि पनि सहयोग गर्नुभएको थियो।’

    ‘मैले मुस्कानका लागि बुद्ध वाज बर्न इन नेपालको च्यारिटी शो गरेको थिएँ। त्यो शोमा जति पनि पैसा उठ्यो सबै मुस्कानलाई दिइने भनेर गरिएको थियो। शोका प्रमुख अतिथि पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल हुनुहुन्थ्यो। यसरी उहाँ पनि फिल्ममा जोडिनुभएको हो,’ उनले भने।यो फिल्ममा मुस्कान खातुनकै भूमिका रहने उनले बताए।’फिल्ममा मुस्कानमाथि तेजाब प्रहार हुँदाको क्षणलाई पनि समेट्ने कुरा भइरहेको छ। मुस्कानको भूमिकालाई अरू पात्रले न्याय गर्न सक्दैनन्। उनले भोगेको कुरा उनले नै राम्रोसँग प्रस्तुत गर्न सक्छिन् जस्तो लाग्छ। हामीले मुस्कानको अडिसन पनि लिएका थियौं। उनले राम्रो अभिनय गर्ने रहिछिन्,’ उनले भने। यो फिल्मको छायांकन साउन अन्तिमदेखि सुरू हुनेछ।सन् २०१९ मा मुस्कान १४ वर्षकी हुँदा तेजाब आक्रमणमा परेकी थिइन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जीतपुरसिमरा उपमहानगरपालिकाको चालु खर्च र पूँजीगत खर्चमा उतार चढाव
  • काठमाडौँ महानगरपालिकाको आगामी बजेट २५ अर्ब ११ करोड निर्धारण
  • गण्डक नहरमा भारतले यसपालि पनि दिएन सम्झौता अनुसारको पानी, किसानलाई रोपाइँमा समस्या
  • मधेसलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेर सरकारको झारो टार्ने काम, समस्या समाधान गर्न छैन कुनै ठोस योजना
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जीतपुरसिमरा उपमहानगरपालिकाको चालु खर्च र पूँजीगत खर्चमा उतार चढाव

    काठमाडौँ महानगरपालिकाको आगामी बजेट २५ अर्ब ११ करोड निर्धारण

    गण्डक नहरमा भारतले यसपालि पनि दिएन सम्झौता अनुसारको पानी, किसानलाई रोपाइँमा समस्या

    मधेसलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेर सरकारको झारो टार्ने काम, समस्या समाधान गर्न छैन कुनै ठोस योजना

    राष्ट्र बैङ्कद्वारा लचिलो कार्यदिशासहित मौद्रिक नीति सार्वजनिक

    खेलाडी रौनकलाई गृह वडामा राहुल पाण्डेय द्वारा भव्य स्वागत

    साउथ सिटी हस्पिटलको रक्तदान कार्यक्रममा १२ महिला सहित ४१ जनाले गरे रक्तदान

    बलुचिस्तान: नौ जना यात्रुलाई बसबाट निकालेर गोली हानी हत्या

    बिहारमा १३ वर्षीय नेपाली बालिका बलात्कृत

    नेपालका दीपक थापाले कसरी पाए भारतीय राहदानी ? काठमाडौँ फर्किन लाग्दा पक्राउ

    जीतपुरसिमरा उपमहानगरपालिकाको चालु खर्च र पूँजीगत खर्चमा उतार चढाव

    काठमाडौँ महानगरपालिकाको आगामी बजेट २५ अर्ब ११ करोड निर्धारण

    गण्डक नहरमा भारतले यसपालि पनि दिएन सम्झौता अनुसारको पानी, किसानलाई रोपाइँमा समस्या

    मधेसलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेर सरकारको झारो टार्ने काम, समस्या समाधान गर्न छैन कुनै ठोस योजना

    राष्ट्र बैङ्कद्वारा लचिलो कार्यदिशासहित मौद्रिक नीति सार्वजनिक

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    जीतपुरसिमरा उपमहानगरपालिकाको चालु खर्च र पूँजीगत खर्चमा उतार चढाव

    News

    काठमाडौँ महानगरपालिकाको आगामी बजेट २५ अर्ब ११ करोड निर्धारण

    News

    गण्डक नहरमा भारतले यसपालि पनि दिएन सम्झौता अनुसारको पानी, किसानलाई रोपाइँमा समस्या

    News

    मधेसलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेर सरकारको झारो टार्ने काम, समस्या समाधान गर्न छैन कुनै ठोस योजना

    News

    राष्ट्र बैङ्कद्वारा लचिलो कार्यदिशासहित मौद्रिक नीति सार्वजनिक

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑