कलैया | बाराको ईलाका प्रहरी कार्यालय सिम्रौनगढको प्रमुख प्रहरी निरीक्षक देवराज काफ्लेको सँरक्षणमा नै तस्करी कार्य तिब्र रुप लिएको स्रोतको दाबि रहेको छ। ईलाका प्रहरी कार्यालय सिम्रौनगढमा प्रहरी निरीक्षक काफ्ले सरुवा भए लगतै तस्करी धान्दा फस्टाएको छ। ईलाका प्रहरी कार्यालय सिम्रौनगढ लगायत मातहतका प्रहरी युनिटहरुलाई निर्देशन दिई प्रहरी निरीक्षक काफ्लेले तस्करीको माध्यमबाट कमाई खाने भांडो बनाएका छन । तस्करी गर्न र गराउन दुबैलाई कारवाही गरिने प्रहरी सँगठनको निति नियम तथा निर्देशन भएपनि प्रहरी निरीक्षक काफ्लेको पहुँच प्रधानमन्त्री कार्यालयसम्म भएकोले कसैलाई नटेर्ने गरेको जानकारी प्रहरी स्रोतले दिएको छ। त्यहि भएर सिम्रौनगढ ईलाका प्रहरी कार्यालय बाराको मातहतमा रहेको प्रहरी चौकि कचोर्वा , खजानि चौकि , पथलवाघाट , श्रिनगर बैरिया , पिपरपाती चौकिहरुबाट महिनाबारी नै लिने गरेको स्रोतको दाबि रहेको छ।
ईलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रमुख प्रहरी निरीक्षक काफ्लेले तस्कर समुहबाट तथा मातहतका प्रहरी चौकी खजानी , पथलवाघाट , कचोर्वा नाकाबाट प्रहरीकै सहयोगमा व्यापक रुपमा तस्करी कार्य तिब्र रुप लिएको प्रहरी स्रोतको दाबि रहेको छ। प्रधानमन्त्री कार्यालयसम्म पहुँच भएकाले सँगठन माथिल्लो निकायले मौन धारण गरी प्रहरी निरीक्षक काफ्लेको हौसला प्रदान गर्ने गरेको समेत दाबि रहेको छ। तस्करीको मालसमान आयात तथा निर्यातको निम्ति ईलाका प्रहरी कार्यालय सिम्रौनगढको सदा पोसाकमा खटिएको देवानन्द गरीले स्कटीङ गर्ने तथा प्रहरी चौकिहरुमा प्रहरी निरीक्षकको निर्देशनमा समन्वय गर्ने गरेको नाम उल्लेख नगर्ने सर्तमा एक प्रहरीले जनाएको छ। स्थानीयहरुका अनुसार इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रमुख प्रहरी निरीक्षक देवराज काफ्ले र उनको घुमुवा गिरीले तस्करहरुबाट मासिक रुपमा नजराना लिई तस्करीमा सघाउने गरेको आरोप लगाएका छन्। शान्ति सुरक्षाको साथ साथै चोरी तस्करी नियन्त्रणको निम्ति खटिएका प्रहरीहरुले आर्थिक प्रलोभनमा परी आफ्नो मुलुकको साथै आफ्नो संगठनलाई बदनाम गर्ने गरेको स्थानीयले बताए ।
उहाले आफुहरु पटक पटक ईलाका प्रहरी कार्यालय सिम्रौनगढको ऐेरिया क्षेत्रमा हुने गरेको चोरी तस्करीको बिषयमा सुचना दिन प्रहरी निरीक्षक काफ्ले समक्ष जाँदा कहिले पनि भेट नहुने गरेको बताएका छन्। प्रहरी निरीक्षक काफ्ले आफै पनि सिम्रौनगढको नाकामा दौधधुप गरी तस्करीमा सघाईरहेको बताएका छन्। प्रहरी सँगठनको निति नियम तथा निर्देशनलाई उल्लघंन गर्दै प्रधानमन्त्री कार्यालयसम्मको पहुचको अधारमा प्रहरी निरीक्षक देवराज काफ्ले र घुमुवा देवानन्द गरीले असुलि गर्नैमा ब्यस्त रहने गरेका छन्। उक्त नाका हुदै चिनि, हार्डवेयर, कपडा, कस्मेटिक समाग्री लगायतको अवैध धन्दा सुचारु भएको छ, कारण हो प्रहरीहरुको घुसखोरी र आर्थिक प्रलोभन ।
यता एक जना प्रहरी श्रोतका अनुसार जिल्ला प्रहरी कार्यालय बाराबाट खटिने गरेको अपराध अनुसन्धान शाखाका कर्मचारीको सहयोगमा तस्करीको अवैध धन्दा मौलाएको बताए । ईलाका प्रहरी कार्यालय सिम्रौनगढ र मातहतका चौकिहरुबाट अपराध अनुसन्धान शाखा लगायत जिल्ला प्रहरी कार्यालयमा मासिक पाँच लाख देखि ८ लाखसम्म नजराना बुझाउने गरेको कारण पनि तस्करी धन्दा मौलाउदै गएको बताएका छन् । आफ्नो संगठनको नीति निर्देशनलाई खिल्ली उडाउदै अवैध कारोवारको माध्यमले आफ्नो आय श्रोत बनाउने गरेको प्रहरी न त देशको हुन्छ, न त आफ्नो संगठन कै । तसर्थ: यस्ता कृयाकलाप गराउने प्रहरी अधिकारीहरुलाई कानुनी दायरामा ल्याउन जरुरी देखिन्छ । ईलाका प्रहरी कार्यालय सिम्रौनगढको प्रमुख प्रहरी निरीक्षक काफ्लेसँग प्रतिक्रिया लिन खोज्दा उहाँ कार्यालयमा नभएको साथै उहाँलाई दिएको कार्यालयको मोबाईल अर्कौ प्रहरीले बोक्ने गरेको पाईन्छ।