• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    एक वर्षमा जनावरको आक्रमणबाट २२ जनाको मृत्यु, ५३ घाइतेमध्ये २४ गम्भीर

  • वीरगंज संजाल
  • ६ श्रावण २०७९, शुक्रबार १६:२४
  • २०३३

    वीरगंज । चितवन राष्ट्रिय निकुञ्ज र निकुञ्जको मध्यवर्ती क्षेत्रमा जङ्गली जनावरको आक्रमणबाट २२ जनाले ज्यान गुमाएका छन् । आर्थिक वर्ष २०७८–७९ मा विभिन्न जनावरको आक्रमणबाट २२ जनाले ज्यान गुमाएका चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । सोही वर्ष जङ्गली जनावरको आक्रमणबाट २४ जना गम्भीर घाइते भएका निकुञ्जका सूचना अधिकारी सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले जानकारी दिए । त्यस्तै जनावरको आक्रमणबाट २९ जना सामान्य घाइते भएका उनले बताए । उनका अनुसार जनावरको आक्रमणबाट मृत्यु भएका परिवारलाई निकुञ्जले प्रतिपरिवार रु १० लाखका दरले २२ जनाको परिवारलाई रु दुई करोड २० लाख राहत उपलब्ध गराएको छ । गम्भीर घाइतेको उपचारका लागि निकुञ्जले रु २९ लाख ११ हजार ७७३ तथा सामान्य घाइतेको उपचारका लागि रु पाँच लाख ३७ हजार ९५४ उपलब्ध गराएको सहायक सूचना अधिकारी तिवारीको भनाइ छ ।

    गत आवमा निकुञ्ज र यसको मध्यवर्ती क्षेत्रमा जनावरको आक्रमणबाट मृत्यु भएका, घाइते भएका तथा स्थानीयको अन्नबाली र पशुधनको क्षतिबापत निकुञ्जले रु तीन करोड चार लाख ७३ हजार ३८७ राहत उपलब्ध गराएको तिवारीले जानकारी दिए । निकुञ्जका पाँचवटै जिल्लामा गरेर जनावरको कारणबाट जम्मा ७२४ वटा घटना भएका र ती घटनामा रु तीन करोडभन्दा बढी राहत उपलब्ध गराइएको उनले बताए । “जनावरको कारण निकुञ्जको मध्यवर्ती क्षेत्रमा हुने घटनाको क्षतिपूर्ति त हामी प्रदान गर्न सक्दैनौँ”,उनले भने, “यद्यपि पीडितको घाउमा मल्हम लगाउन भए पनि निकुञ्ज ऐनअनुसार केही राहतको व्यवस्था हुने गरेको छ ।” वन्यजन्तुको आक्रमणबाट मृत्यु भएका व्यक्तिको परिवारलाई प्रति व्यक्ति रु १० लाख तथा घाइतेको उपचार खर्च निकुञ्जले उपलब्ध गराउँदै आएको तिवारीले बताए । त्यस्तै, जङ्गली जनावरले नष्ट गरेको अन्नबाली तथा पशुधनको समेत निकुञ्जले मूल्याङ्कन गरेर राहत उपलब्ध गराउँदै आएको उनको भनाइ छ ।

    गत वर्ष जङ्गली जनावरको आक्रमणबाट मध्यवर्ती क्षेत्रमा १४८ वटा पशुधनमा क्षति पुगेको भन्दै तिवारीले सो क्षतिबापत निकुञ्जले रु १७ लाख ८२ हजार राहत उपलब्ध गराएको बताए । त्यस्तै, गत वर्ष छ जनाको अन्न भण्डार गरेको स्थानमा जनावरले क्षति पुर्याएको थियो । घरगोठको क्षतिबापत रु एक लाख ४७ हजार ३०० तथा ४७६ जनाको अन्नबाली क्षतिबापत रु ३० लाख ३९ हजार ९०० क्षतिपूर्ति रकम निकुञ्जले उपलब्ध गराएको छ । निकुञ्ज नवलपुर, नवलपरासी, चितवन, मकवानपुर र पर्सा जिल्लाको ९५२.६३ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । त्यस्तै यस निकुञ्जको मध्यवर्ती क्षेत्र यी पाँचवटै जिल्लाको ७२९.३७ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • रातोमाटे ट्राफिक प्रहरीको दादागिरी: अनुमती पत्र हुँदाहुँदै चिट काटिएको आरोप
  • अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा
  • प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह
  • मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रातोमाटे ट्राफिक प्रहरीको दादागिरी: अनुमती पत्र हुँदाहुँदै चिट काटिएको आरोप

    अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा

    प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह

    मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना

    आज सनिवारको राशिफल

    चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु

    आज शुक्रबारको राशिफल

    मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै

    आज बुधबारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    रातोमाटे ट्राफिक प्रहरीको दादागिरी: अनुमती पत्र हुँदाहुँदै चिट काटिएको आरोप

    अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा

    प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह

    मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना

    आज सनिवारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    रातोमाटे ट्राफिक प्रहरीको दादागिरी: अनुमती पत्र हुँदाहुँदै चिट काटिएको आरोप

    News

    अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा

    News

    प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह

    News

    मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना

    News

    आज सनिवारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑