वीरगंज । मधेस प्रधेशको राजधानी जनकपुरधामबाट ज्यान मार्ने उद्योग तथा डाका मुद्दाका एकजना फरार प्रतिवादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा महोत्तरीको गौशाला नगरपालिका-१ रामनगरका ३५ वर्षीय गंगाप्रसाद महतो रहेका छन्।
विशेष सूचनाका आधारमा जनकपुरधामस्थित प्रादेशिक अस्पताल नजिकैबाट महतोलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए।
जिल्ला अदालत महोत्तरीले ज्यान मार्ने उद्योग र डाका मुद्दामा आरोप ठहर गर्दै पक्राउ पुर्जी जारी गरेपछि महतो विगत ७ महिनादेखि फरार रहेको उनले बताए। घटना र मानिस पनि महोत्तरीकै भएकाले पक्राउ परेका महतोलाई बुधबार नै महोत्तरी प्रहरीको जिम्मा लगाइएको छ।