• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    लालीगुराँस संरक्षण अभियान सुरु

  • वीरगंज संजाल
  • ६ श्रावण २०७९, शुक्रबार १५:५४
  • १६०९

    वीरगंज । तनहुँको सबैभन्दा अग्लो स्थान आँबुखैरेनीको छिम्केश्वरीमा नेपालको राष्ट्रिय फूल लालीगुराँसको संरक्षण अभियान थालिएको छ । आँबुखैरेनी गाउँपालिका–५ छिम्केश्वरी मन्दिर आसपास लालीगुराँस संरक्षण अभियान सुरुवात गरिएको हो । कास्कीका ढाकाराम लामिछानेको सक्रियतामा छिम्केश्वरीमा लालीगुराँसका बिरुवा रोपिएको छ । यसक्रममा ११ प्रजातिका ७० बिरुवा रोपिएको लामिछानेले जानकारी दिए । ‘लालीगुराँस फुलाऔँ, पर्यटक बोलाऔँ’ हाम्रो अभियान आगन्तुकको प्रोत्साहन’ भन्ने मूल नारा सहित छिम्केश्वरीमा लालीगुराँसको बिरुवा रोपण गरिएको उनले बताए। उनले कास्की जिल्लाको २३ ठाउँमा लालीगुराँसका बिरुवा रोपिसकेका छन् । विगत छ वर्षदेखि लालीगुराँस संरक्षणमा लागेका उनले पहिलोपटक कास्कीको ठूलोकोटमा लगाएको लालीगुराँस फुल्न थालेको जानकारी दिए ।

    ‘नेपालको राष्ट्रिय फूल लालीगुराँसको संरक्षणका लागि निकै कम चासो रहेको पाएपछि यसको संरक्षणका लागि लागेको हूँ,’ उनले भने, ‘लालीगुराँस संरक्षण गर्ने काम नेपालमा नभएपछि त्यसतर्फ झुकाव राखेको काम गर्दै आएको छु ।’ उनका अनुसार हालसम्म सात हजार आठ सय लालीगुराँसका बिरुवा रोपिसकिएको छ । अहिले रोपिएको लालीगुराँस पाँचदेखि सात वर्षसम्म फुल्छ । अहिलेसम्म ९० प्रतिशत बिरुवा सार्न सफल भइएको उनले बताए । ‘नेपालका सबै ठाउँमा पुग्छु भन्ने लक्ष्य राखेको छु, मुख्य उद्देश्य भनेको लालीगुराँसको संरक्षण गर्नुपर्छ भन्ने नै हो’, उनले भने। उनले यस वर्ष तेह्रथुमबाट आठ सय बिरुवा खरिद गरी ल्याएका छन्। हालसम्म खर्चको व्यवस्थापन आफैँले गर्दै आएको उनले बताए । ‘रोप्नुमात्रै ठूलो कुरा होइन, संरक्षण गर्नु ठूलो कुरा हो । जहाँ जहाँ रोपिएको छ, त्यहाँका स्थानीयवासीसँग सहकार्य गर्दै आएका छौँ’, उनले भने। नेपालमा ३२ प्रजातिका लालीगुराँस रहेको छ । छिम्केश्वरीमा लालीगुराँस संरक्षण अभियानमा आँबुखैरेनी गाउँपालिकाले साथ दिएको छ । गाउँपालिकाका अध्यक्ष शुक्र चुमान, उपाध्यक्ष दुर्गा अर्याललगायतले लालीगुराँसको बिरुवा रोपण गरेका छन् । यस ठाउँमा लालीगुराँस पार्क निर्माण गर्ने गाउँपालिकाको योजना रहेको अध्यक्ष चुमानले जानकारी दिए । लालीगुराँस संरक्षण गर्दै लालीगुराँस हेर्न आँबुखैरेनी जाऔँ भन्ने बनाइने उनले बताए ।

    छिम्केश्वरीको हावापानी लालीगुराँस फूलका लागि उपयुक्त छ । आँबुखैरेनीमा प्रत्येक वर्ष लालीगुराँस फुल्ने गरेको छ । प्रसिद्ध छिम्केश्वरी मन्दिर पनि रहेकाले यहाँ बर्सेनि सर्वसाधारणको आवतजावत वृद्धि भइरहेको छ । समुद्र सतहबाट दुई हजार १३४ मिटर उचाइमा छिम्केश्वरी अवस्थित छ । विशेष गरी होली र नयाँवर्षको अवसरमा छिम्केश्वरी र बूढीमाईको दर्शन गर्न भक्तजनको भीड हुने गर्दछ । गोरखा मनकामनाकी दिदीका रुपमा पुजिँदै आएकी छिम्केश्वरीमाई मन्दिरमा पूजाआजा गरेपछि मनले चिताएको इच्छा पूरा हुने धार्मिक विश्वास रहँदै आएको छ । सात देवीमध्ये जेठी बूढीदेवीमाई र माइली छिम्केश्वरीमाई छिम्केश्वरीलेकमै अवस्थित छन् भने साइली गोरखा कालीमाई, काइली मनकामनामाई, अन्तरी इच्छाकामनामाई, जन्तरी अन्नपूर्णामाई र कान्छी अकलामाईलाई सोही स्थलबाट दृश्यावलोकनसहित दर्शन गर्न सकिन्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • रातोमाटे ट्राफिक प्रहरीको दादागिरी: अनुमती पत्र हुँदाहुँदै चिट काटिएको आरोप
  • अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा
  • प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह
  • मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रातोमाटे ट्राफिक प्रहरीको दादागिरी: अनुमती पत्र हुँदाहुँदै चिट काटिएको आरोप

    अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा

    प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह

    मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना

    आज सनिवारको राशिफल

    चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु

    आज शुक्रबारको राशिफल

    मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै

    आज बुधबारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    रातोमाटे ट्राफिक प्रहरीको दादागिरी: अनुमती पत्र हुँदाहुँदै चिट काटिएको आरोप

    अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा

    प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह

    मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना

    आज सनिवारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    रातोमाटे ट्राफिक प्रहरीको दादागिरी: अनुमती पत्र हुँदाहुँदै चिट काटिएको आरोप

    News

    अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा

    News

    प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह

    News

    मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना

    News

    आज सनिवारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑