वीरगंज । शेयर बजार परिसूचक नेप्से शुक्रबार दोहोरो अंकले घटेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार, शुक्रबार २७.२६ अंकले घटेर दुई हजार १७ विन्दुमा झरेको छ। यसअघि दुई दिन भने नेप्से उकालो लागेको थियो। राष्ट्र ब्यांकले आज आर्थिक वर्ष २०७९/८० का लागि मौद्रिक नीति ल्याउँदै छ। मौद्रिक नीति कसिलो हुने अनुमानबीच शेयर बजारमा नराकात्मक प्रभाव परेको छ।
शुक्रबार २१२ कम्पनीको ३३ लाख २० हजार ५१२ कित्ता शेयर किनबेच भयो। जमास एक अर्ब ४४ करोड कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
आज ब्यांकिङ १५.१७, होटल तथा पर्यटन ५८.६३, विकास ब्यांकक ७१.३५, फाइनान्स २७.८, जलविद्युत् ३५.७८, उत्पादन ११२.८९, जीवन बीमा १०९.६७, माइक्रोफाइनान्स ४८.८५, निर्जीवन बीमा ३२.६५, अन्य ३२.८२ र ब्यापार उपसमूह सूचक ५०.३७ अंकले घटेका छन्। आज १४ कम्पनीको मूल्य बढ्दा १६४ को घट्यो भने एउटा कम्पनीको मूल्य स्थिर रह्यो।