वीरगंज । देशभर फेरि कोरोना संक्रमण दर बढ्न थालेसंगै वीरगन्जमा पनि संक्रमित फेला पर्न थालेका छन् ।
वीरगन्जमा एकै दिन ६ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ । कोरोनाको तेश्रो लहर शुन्य भएपछि यता पहिलो पटक वीरगन्जमा एकै दिन ६ जनामा संक्रमण भेटिएको हो । नारायणी अस्पतालको पिसिआर परिक्षण प्रयोगशालामा मङगलबार ३४ जनाको पिसिआर परिक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको अस्पतालका वरिष्ठ चिकित्सक डाक्टर उदयनारायण सिंहले जानकारी दिए ।
उनका अनुसार, संक्रमण पुष्टि भएका सबै ६ जना महिला हुन् । उनिहरु मध्ये वीरगन्जको एक नर्सीङ कलेजका ५ जना छात्रा र १ जना कलैयाको रहेको डाक्टर सिंहले बताए । संक्रमण पुष्टि भएका सबैको स्वास्थ्य अवस्था सामान्य रहेकाले होम आइशोलेनमा बस्ने गरि पठाइएको डाक्टटर सिंहले जानकारी दिए ।
कोरोनाको तेश्रो लहर शुन्य भएपछि पहिलो पटक मङगलबार अस्पतालको प्रयोगशालामा ३४ जनाको परिक्षण गरिएको र ती मध्ये ६ जनामा संक्रमण पुष्टि भएको उनले बताए । डाक्टर सिंहले भने ,‘ यसले के संकेत गर्दैछ भने अब फेरि वीरगन्जमा पनि संक्रमण देखिदैछ , तर आत्ति हाल्नु पर्ने अवस्था भने छैन , सजग र सतर्क भने हुनु नै पर्छ । यसअघिका महामारीका बेला अपनाइएका स्वास्थ्य सुरक्षाका उपाय भने फेरि हरेक नागरिकले अपनाउनु पर्ने सुझाव उनले दिए । मङगलबार एकै दिन ६ जनामा संक्रमण पुष्टि भएपछि त्यसलाइ मध्यनजर गरि नारायणी अस्पतालमा १७ शैयाको कोभिड उपचार कक्ष तयारी अवस्थामा राखिएको जानकारी पनि उनले दिए ।