• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगन्जमा चिडीयाखाना बन्ने निश्चित:वनमन्त्री यादवको निर्णय

  • वीरगंज संजाल
  • ३ श्रावण २०७९, मंगलवार १८:३२
  • ४४७७

    वीरगंज । वीरगन्जमा पर्यटन क्षेत्रको विकासका लागि प्राकृतिक चिडीयाखाना बन्ने निश्चित भएको छ ।

    केहि दिन पहिले गहृनगर वीरगन्ज आएका बेला वन तथा वातावरण मन्त्री प्रदीप यादवले घोषणा गरे अनुरुप वीरगन्जमा प्राकृतिक चिडियाखाना स्थापना गर्ने निर्णय वन मन्त्रालयले गरेको छ ।वीरगन्जमा चिडियाखानाको सम्भाव्यता अध्ययन गर्न मङगलबार वनमन्त्री यादवले ८ सदस्यिय कार्यदल गठन गरेका छन् ।

    उक्त कार्यदलले वीरगन्ज महानगरपालिकाको वडा नम्बर ३१ सोलखपुर र वडा नम्बर ३२ रामवनमा चिडियाखाना स्थापनाका लागि सम्भाव्यता अध्ययन गरेर १० दिन भित्र मन्त्रालयमा प्रतिवेदन प्रस्तुत गर्ने कार्यदेश पाएको छ ।कार्यदलले प्रतिवेदन पेश गरे लगत्तै यसै महिना भित्र चिडियाखाना स्थापनाका लागि काम शुरु गर्न मन्त्री यादवले मन्त्रालयका कर्मचारीलाइ निर्देशन पनि दिएका छन् ।

    राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक अजय कार्कीको संयोजकत्वमा कार्यदल गठन गरिएको मन्त्री यादवका उप–स्वकीय सचिव निखिल बर्णवालले जानकारी दिए ।कार्कीको संयोजकत्वमा गठीत कार्यदलको सदस्यमा मधेस प्रदेशका वन निर्देशक, वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत, डिभिजन वन कार्यालय पर्साका वन अधिकृत, पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत, वन तथा भू संरक्षण विभागका सहायक वन अधिकृत सवनम पाठक र राष्ट्रिय प्रकृति संरक्षण कोषका विज्ञ रहेका छन् । कार्यदलको सदस्य सचिवमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सहायक संरक्षण अधिकृत पेम्बा शेर्पा रहेका छन् ।

    चिडियाखानाको स्थापनाले वीरगन्ज क्षेत्रमा पर्यटकीय गतिविधि बढ्नुका साथै वनजङगल संरक्षणमा पनि टेवा पुग्ने मन्त्री यादवको विश्वास छ ।यादवले भने ,‘वीरगन्जकै नाका हुदै वर्षेनी लाखौँ पर्यटक नेपाल भित्रिने गर्छन्, तर वीरगन्जमा नबसेर उनिहरु अन्य ठाउँहरु घुम्न जान्छन्, किन भने पर्यटकलाई वीरगन्जमा आकर्षित गर्न सक्ने कुनै त्यस्तो लोभलाग्दो गन्तव्य छैन ,त्यसैले पनि वीरगन्जमा पर्यटक रोक्न र यहाँको आर्थिक गतिविधिलाई बढाउन चिडियाखाना स्थापना गर्न लागेका हौं ,यसले पर्यटकीय र आर्थिक गतिविधि पनि बढ्ने विश्वास लिएको छु ।’ मङगलबारको बैठकमा सहभागी मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले पनि वीरगन्जमा चिडियाखाना स्थापना गर्नका लागि प्रदेश सरकार पनि हरेक सहयोग गर्न तयार रहेको बताए ।उनले प्रदेश सरकारले चिडियाखाना स्थापनाका लागि जग्गा उपलब्ध गराउनेदेखि बजेट व्यवस्थापनमा समेत सहयोग गर्ने प्रतिबद्धता जनाए ।

    बैठकमा सहभागी वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले पनि चिडियाखाना स्थापनाले पर्यटकीय गतिविधि बढ्नुका साथै वन जङ्गलमा भइरहेको अतिक्रमण रोक्न सघाउ पुग्ने बताए । चिडियाखाना स्थापनाका लागि जग्गा उपलब्ध गराउन र मन्त्रालयसँग समन्वय गर्न महानगरको कार्यपालिका बैठकले निर्णयसमेत गरिसकेको मेयर सिंहले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑