वीरगंज | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले आर्थिक वर्ष २०७८/७९ को लागि तोकिएको लक्ष्यभन्दा बढी राजश्व संकलन गर्न सफल भएको छ।
भन्सार विभागले २३ अर्ब १५ करोड रुपैयाँको राजश्व लक्ष्य तोकिदिएको थियो। कार्यालयको अभिलेखअनुसार आर्थिक वर्षको अन्तिम दिनसम्म आइपुग्दा २३ अर्ब ७५ करोड रुपैयाँ राजश्व संकलन भएको छ, जुन लक्ष्यको तुलनामा १०२.६ प्रतिशत हो।
विमानस्थल भन्सारले चार वर्षपश्चात पहिलो पटक आफ्नो लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गर्न सफल भएको हो।