वीरगंज । लोकतान्त्रिक समाजवादी पार्टीका संसद लक्ष्मणलाल कर्णले नागरिकतासम्बन्धी विधेयकलाई अविलम्ब पारित गर्न माग गरेका छन्।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा सरकारले प्रस्ताव गरेको नागरिकतासम्बन्धी (शंसोधन) विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै कर्णले विधेयक तत्काल पास गर्न माग गरेका हुन्।
‘६ लाख नागरिक नागरिकताविहीन छन्। राज्यविहीन छन्। राज्यविहीन मानिसको अवस्था के हुन्छ, हामी पनि यसो विचार गरौं न,’ कर्णले भने,‘यसलाई अविलम्ब पास गराउनुपर्छ। मान्छेलाई रुवाउने हैन। छलफलको नाममा रोक्ने हैन। अढाई वर्ष छलफल भइसकेको छ। त्यसैले छिट्टो पास गरौं।’