वीरगंज । नेकपा माओवादी केन्द्र निकट संगठन योङ कम्युनिष्ट लिग नेपाल (वाइसिएल) ले गभर्नर महाप्रसाद अधिकारी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएको छ । बिहीबार आयोगको केन्द्रीय कार्यालय पुगेर वाइसीएलका नेता कार्यकर्ताहरूले गभर्नर अधिकारीविरुद्ध उजुरी दिएको हो ।
आफ्नो शैक्षिक योग्यता ढाँटी राष्टसेवक भई भ्रष्टाचारजन्य कसूर गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएको छ । योङ कम्युनिष्ट लिग नेपाल (वाइसीएल) संयोजक सुमन देवकोटाले उजुरी दिएका हुन् । उजुरीमा महाप्रसाद अधिकारी (एम अधिकारी) हालै नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्सवादी लेलिनवादी) को सक्रिय राजनीतिक सदस्य रहेको भन्ने हालै उक्त पार्टीले जारी गरेको अन्तर पार्टी निर्देशनको विभाग गठन सम्बन्धमा मिति २६ असार २०७९ मा गठन गरिएको अर्थ तथा योजना विभागको सदस्य सूचीमा समेत समावेश रहेको देखिएकाले कारवाही गर्न माग गरिएको छ ।
गभर्नर अधिकारीले आव २०७९/०८० को साउनदेखि लागूहुने गरी राष्ट बैकले मौद्रिक नीति मार्फत् बजेटले राखेको आर्थिक वृद्धिदर लक्ष्य प्राप्त मौद्रिक नीति मार्फत् बजारमा मुद्रा आपूर्तिको व्यवस्थापन गर्ने, मूल्यवृद्धि नियन्त्रण गर्ने, विदेशी मुद्राको सञ्चिति, शोधानतर स्थिति, व्यापारघाटा सन्तुलनमा राख्न जस्ता नीति निर्माण गर्ने अति संवेदनशील विषयमा स्वार्थ बाँझिने र राज्यलाई नोक्सान हुने कार्य गरेको उल्लेख गरेको छ । गभर्नर अधिकारीमाथि एमाले संगठनमा आवद्ध भएको भन्दै तीव्र आलोचना भैरहेको छ ।