वीरगंज । पछिल्लो २४ घण्टामा थप २ सय ६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ८४४ नमूना परीक्षण गरिएकामा २ सय ६० जनामा संक्रमण पुष्टि भएको छ। यससँगै सक्रिय संक्रमितको संख्या १ हजार १ सय ७१ पुगेको छ। बिहीबार कोरोना संक्रमण देखिएकामध्ये २ हजार २७ जनाको पिसिआर परीक्षण गर्दा २१४ जना र १ हजार ८१७ जनाको एन्टिजेन परीक्षण गर्दा ४६ जनामा संक्रमण देखिएको मन्त्रालयले जानकारी दिएको छ।
पछिल्लो २४ घण्टामा ४८ जना संक्रमणमुक्त भएका छन्। कोरोना संक्रमितमध्ये १ हजार १४८ जना होम आइसोलेसनमा छन् भने २३ जना संस्थागत आइसोलेसन र १४ जना आइसियुमा छन्। त्यस्तै, एक जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।बिहीबार थपिएका २ सय ६० सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २१ हजार ७६७ पुगेको छ।