कृष्णा कुशवाहा
वीरगंज । एकिकृत भन्सार जाँच चौकि भित्र रहेको सशस्त्र प्रहरी बलको (विओपी) आइसिपीमा कार्यरत सशस्त्र प्रहरी बलका सई प्रकाश सिंह ठकुरीको संरक्षणमा नेपालकै प्रमुख भन्सारको रुपमा रहेको एकिकृत भन्सार जाँच चौकिको गेट अगाडि अबैध रुपमा वेस्या वृति धन्धा संचालनमा रहेको खुल्न आएको छ ।
पटक पटक एकिकृत भन्सार जाँच चौकि र भन्सार कार्यालयले सई ठकुरीलाई गेट बाहिर वेस्या वृति भईरहेको गुनासो आएकोले यस्तो कृयाकलाप बन्द गर्न कडा निर्देशन दिएपनि , सई ठकुरीले बन्द गराईसकेको र अहिले यसतो कार्य गेट वाहिर संचालनमा नरहेको जानकारी गराएका थिए तर एकासि आज एक गाडिका चालक र अबैध धन्धा गर्दै आएका केहि महिलाहरु विच झडप भएपछि यस्ता अबैध वेस्या वृति को धन्धा सई ठकुरीको संरक्षणमा संचालन रहको खुल्न आएको हो ।
एकिकृत भन्सार जाँच चौकिको गेट अगाडि अहिले यौन व्यवसाय व्यापक फस्टाएको छ। किशोरी उमेरदेखिका युवतीहरु देखि अधवैसे युवतीहरु एकिकृत भन्सार जाँच चौकिको गेट अगाडि का क्षेत्रमा रहेको होटलमा खुलेयाम यौन व्यवसाय गरी रहेका छन् । यस क्षेत्र भित्र रहेको होटल देखि आस पास क्षेत्रका होटलहरुमा अर्धनग्न बस्न लगाएका किशोरी तथा महिलाहरु यौन व्यवसायका लागि ग्राहक कुरी रहेका सहजै तरिकाले देख्न सकिन्छ।
यस क्षेत्रमा रहेका सानो एउटा खाजा खाने होटलमा ५ देखि १५ जना किशोरी युवती तथा अवधैशे महिलाहरु यौन व्यवसायका लागि राखिएका छन्।खाजा नास्ता खाने बहानामा होटलमा प्रवेश गर्ने ग्राहकहरुले रु १००० देखि ५००० हजारसम्म पैसा तिरी यौन सम्पर्क गर्ने गरेका छन्।
साथै सई ठकुरीले आई.सि.पि. भित्र बाट भारत जाने भारतिय गाडिहरुबाट पनि अबैध रुपमा पैसा उठाउने गरेको गाडीका चालकहरुले गुनासो गर्दै आएका छन ।
नेपाल प्रवेश गरेका भारतिय गाडिहरुको भन्सार फेल भएको गाडिहरुले भन्सार फेल भए जति दिनको भन्सारको राजस्व भन्सारलाई बुझाएर मात्रै भारत जान पाउने हुन्छ तर यस्ता गाडिहरुबाट पनि सई ठकुरीको मिलोमतोमा अवैध रुपमा पैसा लिई विना राजस्व तिराई छाडने गरेको पनि खुल्न आएको छ ।
सई ठकुरीले आफ्नो बलको आडमा अवैध कारोबार गराइरहेका छन् । उनको यस्तो कार्य प्रति सम्बन्धित निकायको ध्यान पुग्न जरुरी रहेको छ ।