वीरगंज । भक्तपुरमा मिनी ट्रकको ठक्करबाट गए राति स्कुटर चालकको मृत्यु भएको छ।
चाँगुनारायण नगरपालिका-५ पिखेलमा भक्तपुर डेकोचाबाट चाँगुनारायणतर्फ जाँदै गरेको बा ५ ख ५४२३ नम्बरको मिनी ट्रकले ठक्कर दिँदा बा ६७ प ८४२२ नम्बरको स्कुटर चालकको मृत्यु भएको हो।
दुर्घटनामा घाइते भक्तपुर नगरपालिका-१ सल्लाघारीका ३२ वर्षीय माधव बस्नेतको शिक्षण अस्पताल महाराजगन्जमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए। प्रहरीले मिनी ट्रकका चालक भक्तपुर नगरपालिका-८ लिवालीका ४३ वर्षीय सत्यराम कर्माचार्यलाई पक्राउ गरेको छ।