• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नेपाल-भारत सीमामा चाँदीदेखि लागुऔषधसम्म तस्करी

  • वीरगंज संजाल
  • २४ असार २०७९, शुक्रबार ११:१६
  • २५९३

    वीरगंज । १ कात्तिक ०७७ को राति कैलालीको धनगढी उपमहानगर– १० मा केराउ तस्करको समूह र प्रहरीबीच भएको झडपमा असइ गोविन्द विक र प्रहरी जवान रामबहादुर साउदले ज्यान गुमाए । खुकुरी, चुप्पी र भालासहितका हतियारले प्रहरीमाथि आक्रमण गरिएको थियो । – प्रहरीले १८ असार ०७६ को अपराह्न विराटनगरको रोडशेष चोकमा भारतीय नम्बर प्लेट बिआर ११ एके १७९१ नम्बरको कारबाट करिब ६० किलो चाँदी बरामद गर्‍यो । भारत जोगबनी– १६ का २४ वर्षीय गौरवकुमार साहले कारको सिटमुनि प्लास्टिक र कार्टुनमा पोको पारेर चाँदी लुकाएका थिए ।

    – केही वर्षअघि झापाको दक्षिणी गाउँ केचना हुँदै भारत तस्करी हुँदै गरेको ४० बोरा सुपारी प्रहरीले बरामद गर्‍यो । तस्करहरू उल्टै आक्रमणमा उत्रिएपछि त्यतिवेला प्रहरीले १३ राउन्ड गोली चलाउनुपरेको थियो ।
    – १५ वैशाख ०७७ को राति भारततर्फ तस्करी हुँदै गरेको ५० क्विन्टल छोकडा प्रहरीले वीरगन्जको रजतजयन्ती चोकबाट बरामद गर्‍यो । प्रहरीका अनुसार ना.५ख ९८५९ नम्बरको ट्रकबाट लैजाँदै गरिएको छोकडा ३७ लाख ५० हजारबराबरको थियो ।

    नेपाल–भारत सीमा क्षेत्रमा हुने तस्करीका यी केही प्रतिनिधि घटना मात्रै हुन् । खुला सीमाको फाइदा उठाउँदै साना–ठूला तस्करी प्रायः दैनिक भइरहेका हुन्छन् । नेपालको कानुनले उत्पादन गर्ने मुलुकबाट आयात गरिएका सामग्री तेस्रो मुलुकमा निर्यात गर्न रोक लगाएको छ । तर, केराउदेखि छोकडा र मरिचसम्म भारत तस्करी हुने गरेको छ । नेपाल प्रहरीका प्रवक्ता डिआइजी टेकप्रसाद राईले खुला सीमाको फाइदा उठाउँदै मरिच, चाँदी, केराउ, छोकडा, सुपारी, पप्पी सिडलगायतका सामग्री भारत तस्करी हुने गरेको बताए । ‘नेपाल–भारत सीमा खुला छ । त्यसको फाइदा उठाउँदै वेलामौकामा विभिन्न सामग्री तस्कर हुने गरेका छन् । विशेषगरी मरिच, चाँदी, केराउ, छोकडा, सुपारीलगायतका सामग्री तस्करी हुने गरेका छन् । तस्करसँग भएका झडपमा सुरक्षाकर्मीले ज्यानसमेत गुमाएको तितो अनुभव हामीसँग छन्,’ उनले भने ।

    भारतबाट नेपालतर्फ तस्करी हुन्छ लागुऔषध
    कारागार व्यवस्थापन विभागको गत फागुनसम्मको तथ्यांकअनुसार देशभरका ७४ कारागार र आठ बाल सुधारगृहमा २५ हजार तीन सय ५१ कैदीबन्दी छन् । जसमध्ये लागुऔषध मुद्दासँग सम्बन्धित कैन्दीबन्दीको संख्या पाँच हजार तीन सय २४ अर्थात् २१ प्रतिशत छ । लागुऔषधको दुर्व्यसनीमा फसेका अधिकांश युवा औषधिजन्य लागुऔषध (फर्मास्युटिकल ड्रग)का सिकार छन्, जुन शतप्रतिशत भारतबाट नेपालतर्फ तस्करी हुँदै आएको प्रहरी प्रवक्ता डिआइजी राईको भनाइ छ ।

    डिआइजी राईले भने, ‘हामीकहाँ लागुऔषध दुर्व्यसनीको संख्या बढ्दै छ । जसमध्ये अधिकांश औषधिजन्य लागुऔषधको सिकार भएका छन्, जुन भारतबाट नेपालतर्फ तस्करी हुने गर्छ । नेपाल प्रहरीले वेलामौकामा यस्ता लागुऔषध बरामद गरेको छ ।’ गृह मन्त्रालयका अनुसार देशभर अहिले लागुऔषध दुर्व्यसनीको संख्या एक लाख ३० हजार चार सय २४ छ । जसमा महिलाको संख्या आठ हजार तीन सय ७२ रहेको छ । दुर्व्यसनीमध्ये अधिकांश २० देखि ३५ वर्ष उमेर समूहका छन् । यो दर प्रत्येक वर्ष ५.०६ प्रतिशतका दरले बढेको गृहको तथ्यांकले देखाउँछ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै
  • आज बुधबारको राशिफल
  • भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड
  • उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै

    आज बुधबारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    औषधी पसलमा अनुगमन गर्न गएका विभागका कर्मचारीहरु कुटिए

    चट्याङबाट चार वर्षमा २३७ को मृत्यु, ९०८ जना घाइते

    पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै

    आज बुधबारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै

    News

    आज बुधबारको राशिफल

    News

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    News

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    News

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑