वीरगंज । करेन्ट लागेर कपिलवस्तुमा एक युवतीको मृत्यु भएको छ । जिल्लाको महाराजगञ्ज नगरपालिका–३ बर्गदा बस्ने २२ वर्षीय मुस्तकिम तेलीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोही नगरपालिकाको वडा नम्बर १० हर्दैनास्थित घरको छत ढलान गर्ने क्रममा करेन्ट लागेर अशक्त भएकी उनको स्थानीय अमित वली पोलिक्लिनिक हुँदै जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताए ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।