वीरगंज । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैयाले आज “समुदाय प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत साईबर अपराध सम्बन्धी जनचेतना मुलक कार्यक्रम गरेको छ ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ स्थित रहेको एम.ई.एस सेकेण्डरी बोर्डिङ स्कुलमा साईबर अपराध सम्बन्धी जनचेतना मुलक कार्यक्रम गरेको हो ।
सामुदायिक सेवा केन्द्र छपकैयाका अध्यक्ष ग्यासुदिन ठकुराईको अध्यक्षतामा भएको कार्यक्रममा वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरिक्षक विशाल मल्ल, सदस्य अब्दुल कलाम, श्याम शर्मा र विद्यालयका प्रिन्सिपल अफजल हुसेन लगाएत उपस्थितिमा कार्यक्रम सम्पन्न् गरिएको थियो ।