वीरगंज । गुल्मीमा चट्याङ लागेर १४ वर्षीय एक किशोरको मृत्यु भएको छ ।
मदाने गाउँपालिका–१ अग्लुङ नेपाने बस्ने गुञ्जनमान विष्टको छोरा १४ वर्षीय चन्द्र विष्टको मृत्यु भएको हो ।
आफ्नै घरमा सुतिरहेको अवस्थामा अचानक चट्याङ लागेर अशक्त भएका उनको जिल्ला अस्पताल तम्घासमा उपचारको क्रममा मृत्यु भएको हो ।