वीरगंज । नवनियुक्त वन तथा वातावरण मन्त्री प्रदीप यादवले जनताको रहर हरित सहरु कार्यक्रम अन्तर्गत तराई मधेसका १०५ पालिकामा वृक्षरोपण गरिने बताएका छन् । मन्त्री यादवले हिजो सिंहदरबारमा पदबहाली पछि पहिलो निर्णय गर्दै मधेस प्रदेशका १०५ पालिकाहरूमा वृक्षरोपण गरी वनसँग जोड्ने बताएका छन् ।
मधेस प्रदेशका १०५ पालिकाहरूमा अहिले वन ( रुख विरुवा ) नरहेको भन्दै मन्त्री यादवले राजमार्गको वरिपरी र नहरको वरिपरी नदी नियन्त्रणमा उपयोग हुनेगरी रुख विरुवा रोपने अभियानको थालनी गरिने यात्रा डेलीलाई बताएका हुन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा हिजो साँझ शपथ लिएलगत्तै मन्त्री यादवले मन्त्रालालय पुगेर पदबहाली गरेका हुन । सो अवसरमा मन्लालय मातहत विभाग र महाशाखा प्रमुखहरूले मन्लालयको गतिविधिबारे मन्त्री यादवसमक्ष ब्रिफिङ गरेका थिए ।