वीरगंज । सबैया साझेदारी वन व्यवस्थापन समितिको अध्यक्ष र पदाधिकारीहरुको काम कारवाही संतोषजन नरहेको भन्दै बिषयमा बीरगन्जमा बिरोध प्रदर्शन भएको छ । सावर्जनिक सरोकार सर्घष समिति व्यवस्थापन समितको कार्यशैलीले जनतालाई अधिकारबाट बचिन्त गर्न खजेको भन्दै बिराधमा उत्रिएको छ । समितिलाई पार्टीको भर्ती केन्द्र बनाइएको तथा पदाधिकारी भष्ट्रचारमा लिप्त रहेको भन्दै सो बिरोध सर्घष समितिले हस्ताक्षर अभियान चलाउँदै आएको छ ।
जिल्लाको पर्सागढी नगरपालिका भित्र पर्ने सबैया साझेदारी वन व्यवस्थापन समीतिको नाममा स्थानिय जनताको पहुँच र अधिकारलाई कुण्ठित गर्ने गरेको प्रति पटक पटक मौखिक, लिखित माग दर्ता गर्दा पनि कुनै सुनुवाई नभएका कारणले बिरोध उत्रिनु परेको सर्घष समितिको भनाई छ । साझेदारी वन व्यवस्थापन समीतिको नाममा भएका अनियमितता, भष्ट्राचार विरुद्ध तथा स्थानिय जनताले प्राप्त गर्नुपर्ने अधिकार रक्षाका लागी चरणवद्ध रुपमा संघर्ष गर्दै आएको छ ।
साझेदारी बनको आफ्नै नीति मार्फत वन जंगलको संरक्षण गर्नुको साथ साथै स्थानिय जनतालाई सेवा सुविधा उपलब्ध गराउनु पर्नेमा विभिन्न शक्तिको आडमा भइरहेको गलत हर्कत टुलुटुलु हेरेर बस्न नसकिने भएकाले आन्दोलित हुनुपरेको सर्घष समितिका संयोजक अमृत वस्यालले बताए ।