वीरगंज । मुख्यमन्त्री लालबाबु राउतले मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ कार्यक्रम अन्तर्गत शुरु भएको छोरी शिक्षा बिमा÷मुद्दति खातामा सहयोग गर्न प्रदेश भरिका पालिका प्रमुखहरुलाई आग्रह गर्नु भएको छ ।
मधेश प्रदेशका सबै पालिकाहरुलाई पत्र मार्फत मुख्यमन्त्री राउत अषाढ २४ गते सम्म संकलन गरिने छोरी शिक्षा विमाको फारम संकलनमा सहयोग गर्न आग्रह गर्नु भएको हो ।
उहाँले लेख्नु भएको पत्रमा ‘२०७८ माघ १ गते पछि जन्मीएका प्रदेशभित्रका छोरीहरुको ३ लाखको बिमा प्रदेश सरकारले गर्ने भएको हुँदा असार २४ गते भित्र आ–आफनो पालिकाका छोरीहरुको फारम भर्न लगाई मधेश प्रदेश शिक्षा विकास निर्देशनालय जनकपुरधाममा पठाई सहयोग गरि दिनु हुन अनुरोध छ ।