वीरगंज । नवनियुक्त कृषि तथा पशुपक्षी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादवले किसानलाई मल दिनु आफ्नो पहिलो प्राथमिकता भएको बताउनुभएको छ ।
आज सोमवार मन्त्रालयमा पुगेर पदबहाली गरेसँगै सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै मन्त्री यादवले किसानलाई मल दिनु आफ्नो पहिलो प्राथमिकता भएको बताउनुभयो । उहाँले मलको अभाव भएको र किसानले मल नपाएको भन्दै आफ्नो पहिलो प्रयास किसानसमक्ष मल पुर्याउनुभएकाे सुनाउनुभयाे ।
मन्त्री यादवले बाँकी काम मन्त्रालयको ब्रिफिङ सुनेसँगै तय गर्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘प्राथमिकता त सबैभन्दा पहिले किसानलाई मल दिनु हाे । मेरो प्रयास सकेसम्म सक्दो प्रयास गरेर किसानलाई मल पुर्याउने हुन्छ ।’मन्त्री यादवले आज नै शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग पद तथा गोपनीयताको शपथ लिनुभएको थियो ।