पैदल हिँड्नु स्वास्थ्यका लागि अति लाभदायक छ । यद्यपि हामी पैदल हिँड्नु अल्छी मान्छौं । पैदल हिँड्दा समय बर्वाद भएको ठान्छौं । शहरमा धूलो, धुँवाले गर्दा पनि पैदल हिँड्न केही कठिाइनाई छ । जबकी पैदल हिँड्ने हो भने न समयको बर्वाद हुन्छ, न स्वास्थ्यमा क्षति नै ।
पैदल हिँड्दा शरीरको समुचित व्यायाम हुन्छ । जब तपाईं फटाफट हिँड्न थाल्नुहुन्छ, तपाईंका हात, खुट्टा लगायत सबै अंग सक्रिय हुन्छ । कुनैपनि अंगलाई भार पर्दैन । समुचित ढंगले सबैको व्यायाम हुन्छ ।यद्यपि दश, पन्ध्र मिनेटको बाटोमा पनि हामी गाडी चढ्छौं । कार्यलय आउजाउ गर्दा गाडी नभई हुन्न । किनमेल गर्न जाँदा गाडी नै चाहिन्छ । हामीमा हिँड्ने बानी छैन । हिँड्न हामीलाई जाँगर चल्दैन । न व्यायाम गर्छौं, न पैदल हिँड्न जाँगर चलाउँछौं । त्यही कारण हाम्रो शरीर जिर्ण र रोगी हुँदै जान्छ । औषधी खाने अवस्थामा पुगिसकेपछि मात्र व्यायाम गर्नुपर्ने रहेछ भनेर हाम्रो चेत खुल्छ । जबकी सामान्य काममा पनि हिँडडुल गर्ने बानीको विकास गर्ने हो भने यस्ता सानातिनो रोगले शरीरलाई केही गर्न सक्दैन ।त्यसैले दिनमा केही न केही वाहाना गरेर भएपनि हिँड्ने गरौं । पैदल हिँडौं । छोटो दुरीमा कार्यलय छ भने पैदल हिँड्दै पुग्नु उत्तम हो । यसले गर्दा अतिरिक्त व्यायाम गर्ने समय खर्च हुँदैन ।
पैदल हिँड्दा मांशपेशीदेखि मस्तिष्कसम्मलाई फाइदा पुग्छ । जब तपाईं फटाफट हिँड्न गर्नुहुन्छ, मांशपेशी, हड्डी, जोर्नी लगायतको स्वत व्यायाम हुन्छ । मधुमेह, उच्च रक्तचाप जस्तो समस्या भएकाहरुले त हिँड्नु अरु फाइदाजनक छ ।
स्वस्थ्य मुटु
पैदल हिँड्ने मान्छेको मुटु स्वस्थ्य हुन्छ । पैदल हिँड्दा मुटुलाई निकै फाइदा पुग्छ । चिकित्सकका अनुसार कोलेस्टोरलाई सन्तुलित राख्नका लागि सही खानपानसँगै दैनिक तीस मिनेट हिँड्नु अनिवार्य छ ।
बलियो हड्डी