• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    निजी विद्यालयको शुल्कको विरोध

  • वीरगंज संजाल
  • १८ असार २०७९, शनिबार १३:०४
  • २२७७

    वीरगंज । वीरगन्जका निजी विद्यालयले आफूखुसी चर्को मासिक तथा वार्षिक शुल्क असुल्न थालेको भन्दै यहाँका अभिभावक संघर्षमा उत्रिएका छन् । उनीहरूले अभिभावक संघर्ष समिति गठन गरेर यसै सातादेखि आन्दोलन थालेका हुन् । समितिले शनिबार प्रमुख जिल्ला अधिकारी उमेश ढकाल र वीरगन्ज महानगर प्रमुख राजेशमान सिंहलाई ज्ञापनपत्र बुझाउने र घण्टाघरबाट विरोध र्‍याली निकाल्ने भएको छ । अभिभावक सन्दीप साहले वीरगन्जका नाम चलेका तथा धेरै विद्यार्थी पढ्ने निजी स्कुलले अभिभावकसँग कुनै छलफल नगरी चालु शैक्षिक सत्रदेखि मासिक शुल्क ५० प्रतिशतसम्म बढाएको आरोप लगाए ।

    ‘हामी अभिभावकलाई कुनै जानकारी र सरसल्लाह नै नगरी मासिक तथा अन्य शुल्क बढाइएको छ,’ उनले भने । पोसाक, किताब र अन्य सामग्रीमा कमिसनखोरी बढेको, बर्सेनि किताब परिवर्तन गर्ने प्रवृत्ति बढेको र धरौटी रकम फिर्ता नगर्ने गरेकाले बाध्य भएर संघर्षमा उत्रिनुपरेको उनले बताए । अर्का अभिभावक मनीष मिश्रले कोरोना महामारीपछिको आर्थिक मन्दीको अवस्थालाई बेवास्ता गर्दै निजी विद्यालयले शुल्क बढाएकोमा आपत्ती जनाए । ‘विद्यालय सेवामूलक संस्था हो । तर सेवालाई व्यापार बनाइएको छ,’ उनले भने, ‘विभिन्न बहाना बनाएर धेरैजसो निजी विद्यालयले आफूखुसी मनोमानी ढंगले ५० प्रतिशतसम्म वृद्धि हुने गरी शुल्क उठाइरहेका छन् ।’ निजी विद्यालयहरुले चर्को शुल्क लिइरहे पनि सम्बन्धित निकायले अनुगमनमा ध्यान नदिएको उनको आरोप छ ।

    प्रमुख जिल्ला अधिकारी ढकालले सरोकारवाला पक्षलाई राखेर समस्या समाधानका लागि छलफल गर्ने बताए । ‘अभिभावकको लिखित गुनासो आएको छ,’ उनले भने, ‘यस सम्बन्धमा सरोकारवाला सबै पक्षलाई राखेर छलफल गरी निकास दिने प्रयास जारी छ ।’ वीरगन्जका प्रमुख सिंहले आफूले महानगरपालिकाको कार्यालयमा एक/दुई दिनभित्रै शिक्षालगायतका समिति गठन गर्न लागेको र समितिले गर्ने निर्णय लागू गरिने बताए । उनले भने, ‘शिक्षा समितिले जे निर्णय गर्नेछ, विद्यालयको हकमा त्यही लागू हुनेछ, त्यसपछि अभिभावकको माग पनि सम्बोधन हुन्छ ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑